देश बचाउन सेना गुहार्दै स्वतन्त्र नागरिक समाज



काठमाडौं । हिन्दू राष्ट्र र राजसंस्था पुनस्र्थापनाका माग राखी राजधानीको रत्नपार्कमा मंसिर १ देखि ४ सम्म ७२ घण्टे सत्याग्रह पुरा गरेका स्वतन्त्र नागरिक समाजका संयोजक हेमबिक्रम सिलवालले अब देशको बागडोर नेपाली सेनाले लिनुपर्ने लबिङ सुरु गरेका छन् ।

यसका लागि उनले अब नेपाली सेनालाई ज्ञापन पत्र नै बुझाएर सेनालाई सडकमा आउन आग्रह गर्दैछन् । स्वतन्त्र नागरिक समाजद्वारा मंसिर १३ गते नेपाली सेनाका प्रधानसेनापतीलाई देशको बिग्रँदो परिस्थितिको बिषयमा ध्यानाकर्षण पत्र र ज्ञापनपत्र बुझाउने कार्यक्रम आयोजना गरिएको संयोजक सिलवालले जनाएका छन् । उनले सेना गुहारेर राजनीतिक शक्ति देश बचाउन बिफल भएको सन्देश दिन खोजेका छन् ।

समाजले दलबल सहित र्याली आयोजना गरेर प्रधानसेनापतिलाई ध्यानाकर्षण पत्र सहित ज्ञापन पत्र दिने भएकोले मंसिर १३ गते बिहान १० बजे पाटनढोका पिपलबोट ललितपुरमा उपस्थित भई र्यालीमा सहभागी हुन सम्पूर्ण देशभक्त, राष्ट्रवादी प्राध्यापक, कानुन व्यवसायी, साहित्यकार, इतिहासविद्, पत्रकार, शिक्षक, संघसंस्था, व्यापारी, विद्यार्थी र आम नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई निमन्त्रणा पनि गरेको छ ।

ललितपुरको पाटनढोका पिपलबोटमा भेला भई जुलुशसहित पाटनढोका देखि कुपोण्डोल, त्रिपुरेश्वर, रत्नपार्क हुँदै भद्रकाली, सैनिक मुख्यालयसम्म पुगेर प्रधानसेनापतिलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको स्वतन्त्र नागरिक समाजका संयोजक सिलवालले जानकारी दिएका छन् ।

आफ्नो ७२ घण्टे सत्याग्रहबाट उत्साहित भएका संयोजक सिलवालले सत्याग्रहलाई पनि ७५ जिल्लामा अघि बढाउने घोषणा मंसिर ४ मा नै गरिसकेका छन् ।

नेपाली सेनालाई ज्ञापन पत्र नै बुझाएर देशको बागडोर संहाल्न अनुरोध गर्ने स्वतन्त्र नागरिक समाजको यो खालको तयारीले देशमा सैनिक शासनको आमन्त्रण गर्ने शक्ति बलियो हँुदै गएको अर्थमा बुझ्न सकिन्छ ।

अहिलेसम्म राजनीतिक नेतृत्वले नै देशको बागडोर संहालिरहेका बेला सिलवाल नेतृत्वको स्वतन्त्र नागरिक समाजले सेनालाई ज्ञापन पत्रै बुझाएर देशको बिग्रदो अवस्थालाई नियन्त्रणमा लिन आग्रह गरिनु राजनीतिक दलहरुका लागि निकै ठूलो चुनौति पनि हो ।

देश बचाउन सेना गुहार्ने स्वतन्त्र नागरिक समाजको ज्ञापन पत्र र ध्यानाकर्षणलाई नेपाली सेनाले कसरी लिने हो उक्त कुरा भने मंसिर १३ पछि मात्रै थाहा लाग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
न्याय सम्पादन गर्दा जनप्रतिनिधि हुँ भन्नेकुरा बिर्सिनुपर्छः कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जनप्रतिनिधिहरुको भूमिकाबाट न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर

सूर्यविनायक–साँगा छ लेन सडकखण्डको विस्तार सुरु

भक्तपुर । सूर्यविनायक–धुलिखेल, धुलिखल–सिन्धुली–बर्दिवास सडक आयोजनाअन्तर्गत सूर्यविनायक–साँगा सडकखण्डको विस्तार बिहीबारदेखि सुरु भएको छ

मोटरसाइकल दुर्घटनामा परी सर्लाहीमा दुईजनाको मृत्यु

सर्लाही । सर्लाहीको हरिपूर्वामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

करिव आठ किलो कोकिनसहित काठमाडौंबाट दुई भारतीय महिला पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले ७ केजी ८ सय ८७