सार्वजनिक बसमा भ्रमण वर्षको लोगो टाँसिने



काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को प्रचारका लागि सार्वजनिक बसमा भ्रमण वर्षको लोगो टाँसिने भएको छ । बिहीबार एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भटराईले भ्रमण वर्षको स्टिकर र लोगो यातायात व्यवसायीलाई हस्तान्तरण गरेका हुन् ।

लोगो वितरण गर्दै मन्त्री भट्टराईले उपत्यकाभित्रका एक हजार सवारी चालक र सहचालकहरुलाई भ्रमण वर्षबारे तालिमको व्यवस्था गरिने बताए ।

उनका अनुसार सार्वजनिक यातायातका यात्रु, चालक तथा सहचालकलाई सरसफाईमा चेतना जगाउन एक सय जना स्वयमसेवक समेत परिचालन गरिनेछ ।

त्यस कामको समन्वय पर्यटन मन्त्रालय, भ्रमण वर्ष सचिवालय, पर्यटन बोर्ड, स्थानीय तह, यातायात व्यवसायी राष्ट्रिय महासंघ, ट्रेड युनियन र ट्राफिक प्रहरीले गर्नेछन् । नेपालभर करिब तीन लाखको संख्यामा सार्वजनिक बस सञ्चालित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दार्चुला घटनाकाबारेमा सरकार जुनसुकै अडान लिन तयार छः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता

लुम्बिनीमा नयाँ सरकार गठनका लागि ४१ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश

बुटवल । लुम्बिनी प्रदेशका ४१ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित विपक्षी दलका सांसदहरुले सरकारमा

जुम्लामा जोडियो विद्युतको राष्ट्रिय प्रसारण लाइन

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल

मध्यविन्दु नगरपालिकाको राजस्व भुक्तानी अब अनलाइनबाट

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी शुरु गरेको छ । मध्यविन्दु–१५