रुप ज्योतिको मुद्दा मिलापत्रमा टुंगिने, जाहेरी फिर्ता लिन मल्लले दिए निवेदन



काठमाडौँ । उद्योगी रूप ज्योतिलगायत उनको परिवारविरुद्ध दर्ता भएको ठगीको जाहेरी मिलापत्रमा टुंगिने भएको छ । ज्योति परिवारले जाहेरीकर्ता विजेन्द्रकृष्ण मल्ललाई जग्गा बैनाबापतको रकम फिर्ता दिई चित्त बुझाएपछि उनले जाहेरी फिर्ता लिन निवेदन दिएका छन् ।

दुवै पक्ष मिलापत्रमा सहमत भएपछि प्रहरीले ठगी मुद्दा नचलाउने रायसहित जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ ।

आफूहरुकोमा मुद्दा नचल्ने रायसहित प्रतिवेदन आएको सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख चन्द्रकान्त खनालले जानकारी दिए ।

अध्यक्ष रुप ज्योतिलाई गत बिहबार अन्तर्राष्ट्रिय विमानस्थलबाट छोरी सुरुचिसहित प्रहरीले पक्राउ गरेको थियो । ज्योतिका दाजु पद्म ज्योतिलाई पनि अदालतले पक्राउ गर्न अनुमति दिएको थियो । ज्योतिले एक करोड २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हाम्रो मैत्रीपूर्ण सम्बन्धलाई अझ अघि बढाउन म नेपाल आएको हुँ: विदेशसचिव श्रृङ्गला

काठमाडौं । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक

भारतीय विदेश सचिव श्रृंगला काठमाडौंमा

काठमाडौँ । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

काठमाडौं । रुपन्देही, अर्घाखाँची र मकवानपुरमा गरी थप तीन जना कोरोना संक्रमितको मृत्यु

भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । मकवानपुरको हेटौंडाकी ५७ वर्षीया एक महिलाको कोरोना संक्रमणबाट निधन भएको छ