बेलायती अभिनेत्री लुम्ले नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त



काठमाडौं । ब्रिटिस गोर्खाको समान हकको पक्षमा बेलायतमा न्यायिक लडाई लडेर नेपालीमाझ लोकप्रिय बनेकी चर्चित बेलायती अभिनेत्री जोआन्ना लुम्ले नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त भएकी छन् ।

बेलायत भ्रमणमा रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिहीबार बेलायतको संसद भवनमा आयोजित एक समारोहमा उनलाई सद्भावना दूत नियुक्त गरेका हुन् ।

बेलायतको हाउस अफ लर्डस (माथिल्लो सदन)मा आयोजित सो समारोहमा नेपाल भ्रमण वर्ष सफल बनाउन चर्चित तथा महत्वपूर्ण व्यक्तिहरुलाई सद्भावना दूत नियुक्त गरिएको नेपाली दूतावासले जनाएको छ ।

सो अवसरमा बेलायतका सांसद भारतीय मूलका राजनीतिक सन्दीपकुमार बर्मा र बेलायतकै धनाढ्य ब्यापारी गोपीचन्द परमानन्द हिन्दुजालाई पनि नेपाल भ्रमण वर्ष २०२० को अभियान सफल पार्न सद्भावना दूत नियुक्त गरिएको छ ।

बेलायतमा आयोजन भएको पर्यटन मेलामा भाग लिन गत साता लण्डन पुगेका मन्त्री भट्टराई बेलायतका बिभिन्न राजनीतिक नेता, सरकारी अधिकारी र आरोहीहरुसँग पनि भ्रमण वर्षका सन्दर्भमा छलफल र लबिङ गरेका छन् ।

नेपाल भ्रमण वर्षमा नेपाल घुम्ने पर्यटक संख्या २० लाख र्पुयाउने लक्ष्य भेटाउन मन्त्री भट्टराई एक साताभर लण्डनमा नेपाल प्रवद्र्धन कार्यक्रममा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
न्याय सम्पादन गर्दा जनप्रतिनिधि हुँ भन्नेकुरा बिर्सिनुपर्छः कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जनप्रतिनिधिहरुको भूमिकाबाट न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर

सूर्यविनायक–साँगा छ लेन सडकखण्डको विस्तार सुरु

भक्तपुर । सूर्यविनायक–धुलिखेल, धुलिखल–सिन्धुली–बर्दिवास सडक आयोजनाअन्तर्गत सूर्यविनायक–साँगा सडकखण्डको विस्तार बिहीबारदेखि सुरु भएको छ

त्रिवेणी समूहबाट २२ वर्षदेखिको कर असुल्ने ६ पालिकाको निर्णय

झापा । नेपाल चिया विकास निगमको सात वटा चिया बगान र कारखाना सम्झौता

तरकारी खेतीबाट वार्षिक १२ लाख आम्दानी

म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिलको पुछारमा चारतले पक्की घर छ । सदरमुकाम बेनीको