नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री अहमद अलीलाई प्रदान गरिने



सन् २०१९ को नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीलाई प्रदान गरिने भएको छ।

“शान्ति प्राप्ति र अन्तर्राष्ट्रिय सहकार्य” जुटाउन उनले गरेको प्रयत्नका लागि उक्त पुरस्कार प्रदान गरिने भएको हो।

सन् १९९८ देखि २००० सम्म चलेको सीमा युद्धपछि २० वर्ष लामो सैनिक गतिरोध अन्त्य गर्दै इथियोपिया र इरिट्रियाबीच गत वर्ष एउटा शान्ति सम्झौता भएको थियो। ओस्लोमा १०० औँ नोबेल शान्ति पुरस्कार विजेताका रूपमा आबी अहमदको नाम घोषणा गरिएको हो।

यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि ७८ वटा सङ्घसंस्था र २ सय २३ जना व्यक्तिहरू सहित ३ सय १ को मनोनयन परेको थियो।

पुरस्कारस्वरूप आउँदो डिसेम्बरमा ओस्लोमा विजेतालाई करिब नौ लाख अमेरिकी डलरको पुरस्कार प्रदान गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनी प्रदेशमा थप नौ जना कोरोना सङ्क्रमितको मृत्यु

राँझा । लुम्बिनी प्रदेशको बाँके र दाङमा गरी नौ जना कोरोना सङ्क्रमितको मृत्यु

चीनले पठाएको १८ हजार अक्सिजन सिलिन्डरसहितको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

काठमाडौं । सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल पुर्याएको छ ।

इजरायल र प्यालेस्टाइनबीच जारी युद्ध तत्काल अन्त्य गर्न अमेरिकी राष्ट्रपतिको आग्रह

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबिच जारी युद्ध अन्त्य गर्न आग्रह गरेका

इजरायलमाथि टर्कीका राष्ट्रपतिको आक्रोश, ‘हात भाँचिदिने’ चेतावनी

टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले इजरायलको ‘हात भाँचिदिने’ चेतावनी दिएका छन् । नमाज