चितवन मेडिकल कलेजलाई बढी लिएको शुल्कको भर्पाइ दिन २४ घण्टे अल्टिमेटम



चितवन । चितवन मेडिकल कलेजले आन्दोलनरत पक्षसँग भएको सहमति अनुरूप काम नगरेको भन्दै विद्यार्थी र अभिभावकले फेरि आन्दोलनको चेतावनी दिएका छन् ।

सहमति अनुसार मेडिकल कलेजले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्कको भर्पाइ र प्रतिवेदन असोज १० गतेभित्र दिनुपर्नेमा नदिएपछि अभिभावक र विद्यार्थीले आन्दोलनको चेतावनी दिएका हुन् ।

मिति कटे पनि भर्पाइ नपाएको भन्दै सोमबार बिहान ११ बजेभित्र भर्पाइ नदिए आन्दोलन गर्ने विद्यार्थी र अभिभावकले चेतावनी दिएका हुन् ।

चिकित्सा शिक्षा संघर्ष समिति र अभिभावक संघर्ष समितिले आइतबार संयुक्त विज्ञप्ती निकालेर यस्तो चेतावनी दिएका हुन् ।

चितवन मेडिकल कलेजले एमबीबीएस सहितका विद्यार्थीबाट सरकारले तोकेकोभन्दा पाँचदेखि २० लाख रूपैयाँसम्म बढी शुल्क लिएको भन्दै विद्यार्थीले आन्दोलन गरेका थिए ।

विद्यार्थी, अभिभावक र कलेज प्रतिनिधिबीच भदौं २६ मा चितवन जिल्ला प्रशासनमा वार्ता भएको थियो ।

जसमा कात्तिक १८ गतेसम्म बढी लिएको शुल्क फिर्ता गर्ने र असोज १० भित्र बढी लिएको शुल्क बारे प्रतिवेदन तयार गर्ने र भर्पाइ पनि दिने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

सुर्खेत । दैलेखको तालपोखरीमा मालबाहक मिनि ट्रक दुर्घटना तीन जनाको  घटनास्थलमै मृत्यु भएको

भरतपुर महानगरको न्यायिक समितिद्वारा आठ महिनामा चार मुद्दा फैसला

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा रहेको न्यायिक इजलासले चालु आर्थिक वर्षको आठ महिनामा

राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षारोपण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षारोपण गरेका छन् । उनले

काष्ठकलामा सात पुस्तादेखिको विरासत जोगाउँदै भीमबहादुर

गलकोट । काठबाट निर्माण गरिएका झ्याल, तोरण, टुँडाल र ढोका हेर्दा निकै सुन्दर