घोराही बजार व्यवस्थापनको काम सुरु,९ सदस्यीय कार्यदल गठन



२० साउन, दाङ । घोराही उपमहानगरपालिकाले घोराही बजार व्यवस्थापनको काम सुरु गरेको छ ।

व्यवस्थित गाडी पार्किङ, छाडा पशु चौपाया नियन्त्रण, फुटपाथ व्यापारको व्यवस्थापन, निर्माण सामग्रीको व्यवस्थापन, सडक सुधार र गाडीको गति नियन्त्रण गर्ने काम सुरु गरिएको हो ।

वडा नम्बर १५ को आयोजनामा शुक्रबार उपमहानगरपालिकाले सरोकारवाला निकायहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी बजार व्यवस्थापनका लागि ९ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ ।

वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेयको संयोजकत्वमा जिल्ला प्रशासन, उपहानगरपालिका, सडक कार्यालय, ट्राफिक प्रहरी कार्यालय, उद्योग बाणिज्य संघ, राप्ती सार्वजनिक यातायात समिति, राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी समिति र दाङ देउखुरी होटल व्यवसायी समितिका एकएक जना प्रतिनिधि रहने गरी बजार व्यवस्थापन कार्यदल गठन गरिएको छ ।

समितिले १५ दिन भित्र घोराही बजारको व्यवस्थापनका लागि विकल्प सहितको योजना तयार पार्ने जिम्मेवारी पाएको छ ।

गाडीहरुको व्यवस्थित पार्किङ स्थलको खोजी, खुद्रा तरकारी पसलहरुको व्यवस्थापन, ट्राफिक व्यवस्थापन, बजारमा टाँगिएको विभिन्न होडिङ बोर्ड तथा गाडीको गतिलाई सिमित गर्ने गरिको योजनाहरु समितिले बनाउने भएको छ ।

कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका व्यक्तिहरुले बजार व्यवस्थापनको उचित व्यवस्थासहित अघि बढ्न सुझाब दिएका छन् ।

बजार व्यवस्थापन गर्ने निकायहरुवीचको समन्वयको अभाब हुँदा बजार अस्तव्यस्त रहेको निष्कर्ष सहभागीहरुको रहेको थियो ।

व्यवस्थापनको टुंगो लगाएर मात्रै अनुगमन तथा नियमनमा जोड दिन सहभागीहरुले आग्रह गरेका छन् ।

वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले नीतिमा भएका कुराहरुलाई अब व्यवहारमा लागु गर्ने प्रतिबद्धता जनाए ।

समस्याहरुको पहिचान गरी सरोकारवाला निकायले थोरै खर्चमा दीगो व्यवस्थापनको काम गर्ने उनको भनाइ छ ।

कार्यक्रममा नगर क्षेत्रका पुल तथा सडकको दुराबस्थाप्रति सडक कार्यालय र उपमहानगरको ध्यानाकर्षण गराएका छन् ।

जवाफमा सडक कार्यालयका प्रमुख बदि्रप्रसाद शर्माले आगामी कात्तिकसम्म सडक बिस्तार र कालोपत्रेको काम सक्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शङ्कास्पद वस्तु फेला नपरेपछि भिस्तारा एयरको विमानलाई खतरामुक्त घोषणा

काठमाडौँ । भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा कुनै शङ्कास्पद वस्तु फेला

हवाई उडान अनियमित हुँदा यात्रुहरू समस्यामा

गुल्मी । विगत चार महिनादेखि गुल्मीमा हवाई उडान पटक-पटक अवरुद्ध बनेको छ ।

यस्ता छन् सय दिनमा रक्षा मन्त्रालयले हासिल गरेका प्रमुख उपलब्धि

काठमाडौं ।  रक्षा मन्त्रालयले पछिल्लो सय दिनमा राष्ट्रिय सुरक्षा, नीतिगतरकानुनी, प्रशासनिक, विकास निर्माण,

भिस्ताराको विमानमा अहिलेसम्म कुनै त्यस्तो वस्तु फेला परेन

काठमाडौँ । भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा बम राखेको हल्ला फैलिएपछि