साथीको ५ वर्षे छोरा अपहरण गर्ने राजु पक्राउ



२१ साउन, काठमाडौं । अपरहणमा परेको ५ वर्षे छोरा विशालको शकुसल उद्दार भएपछि विजय चौधरी दम्पत्ति खुसी छन् ।

शनिबार नै मनकामना गएर भाकल अनुसार बोका पनि काटे तर, उनी खुसीसँगै दुःखी पनि छन् । अपहरणकारी आफ्नै साथी पो रहेछन्, जसलाई उनका बाबुले छोरा समान मानेका थिए । उनीहरु एउटै थालमा खान्थे ।

प्रहरीले भन्दा पनि उनले पत्याएनन्, राजु (विक)ले कसरी विशाललाई अपहरण गर्ला र ?

पत्याउनु पनि कसरी ? बाल्यकालको साथी, अहिले पनि उस्तै दोस्ती छ । १२ गते छोरो अपहरणमा परेको केहीबेरपछि नै राजु खोजीमा सघाउन आएको थियो । विशाललाई खोज्दै स्कुल पुगे, नाराबाजी गरे, राति अबेरसम्म पनि साथ दिए ।

तर, अब उनलाई पत्याउन कर लागेको छ, अपहरणको योजनाकार राजु प्रहरी फन्दामा परेका छन् । मनकामना दर्शन गरेर उनी परिवारसहित अपराध महाशाखामा पुग्दा प्रहरीले राजुलाई सार्वजनिक गर्ने तयारी गरिरहेको थियो ।

औपचारिक पत्रकार सम्मेलनपछि प्रहरीले राजुसँगै विष्णु पाण्डेलाई सार्वजनिक गर्‍यो । राजु विकले हुलिया परिर्वतन गर्न कपाल खौरिएका थिए । हातमा हत्कडी र अनुहारमा मास्क लगाएर उनले विशालतिर आँखा लगाउन पनि सकेनन् ।

शिर निहुर्‍याइमात्र रहे । केही पर बसेर हेरिरहेका विशाल चौधरीलाई पनि अर्कै खालको छटपछि थियो । उनले पटक-पटक नजिक जान खोजे तर, सकेनन् । अनुहार एकखालको ‘हिन’ भाव थियो कि छोराको अपहरणकोरी आफ्नै साथी पो रहेछ । यसलाई मैले किन समयमा चिन्न सकिँन ।

प्रहरीले राजु विक र विष्णु पाण्डेलाई लगेपछि विशालले मुख खोले, ‘मैले कसरी पत्याउँ सर । एउटै थालमा खाने साथीले आफ्नो छोरालाई अपहरण गर्‍यो भनेर ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वकप छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ

सातदोबाटोविरुद्ध एनआरटीको जित

काठमाडौं । न्युरोड टिम (एनआरटी) ले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो

रक्तचन्दनको तेलको कारोबार गर्ने आठ जना पक्राउ

काठमाडौं । प्रहरीले झन्डै दुई करोड पर्ने रक्तचन्दनको तेल बरामद गरी कारोबारमा संलग्नलाई

पर्यटक आगमनमा उल्लेख्य वृद्धि

काठमाडौं । सरकारले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान गर्न पर्यटन दशकका रुपमा