बालिका बलात्कारको घटना जनप्रतिनिधिले ६० हजार लेनदेनमा मिलाए



२२ साउन, भोजपुर । जिल्लाको उत्तरी दिङ्गलामा एक १२ वर्षीया वालिका बलात्कृत भएकी छन् । तर, दोषीलाई कारबाही गराउन पहल गर्नु पर्ने जनप्रतिनिधिले भने लेनदेन गरेर घटना लुकाएको खुलेको छ ।

षडानन्द नगरपालिका–७ केउरेनीपानीका ३२ वर्षीय मेघराज श्रेष्ठले १२ वर्षीया सरिता (नाम परिवर्तन)लाई बलात्कार गरेका हुन् । साउन ९ गते घर नजिकै बाख्रा चराउन जाँदा दाइ नाता पर्ने मेघराजले सरितालाई बलात्कार गरेका थिए । मावली घरमा बस्दै आएकी सरिताले हालै मात्र आफू बलात्कृत भएको बताएपछि घटना सतहमा आएको हो । पीडित बालिका स्थानीय विद्यालयमा कक्षा ६ मा अध्ययनरत छिन् ।

जनप्रतिनिधिले लेनदेनमा मिलाए घटना

बालिकाले घटनाबारे घरमा बताएपछि आरोपित मेघराजको परिवार, बालिकाका बुवा र हजुरबा स्थानीय जनप्रतिनिधीसँग दिङ्गला बजारमा बसेका थिए ।

षडानन्द नगरपालिकाका प्रमुख बीरबल राई, उपप्रमुख मेरिका राई, वडा नं. ७ का अध्यक्ष बुद्धसिं तामाङ र वडा नं. ८ का अध्यक्ष किशोर राईको उपस्थितिमा ६० हजार रकम लेनदेन गराएर विवाद मिलाएका थिए । ‘आफ्नै परिवारभित्रको कुरा, के मुद्दा मामिला गरिरहने, बरु सहमति गरौं’ भन्ने प्रस्ताव वडाध्यक्ष किशोर राईले गरेपछि ६० हजारमा सहमति बनेको पीडित बालिकाका मावली हजुरबाले बताए ।

षडानन्द नगरपालिकाका प्रमुख बीरबल राईले दुवै पक्ष आफ्नो परिवारभित्रको कुरा वाहिर नलैजाने भनेपछि मिलापत्र भएको स्वीकार गरे । उनले सम्बन्धित पक्षले नै मिल्ने मनसाय देखाएपछि आफूहरुले मिलाइदिएको बताए ।

तर, जनप्रतिनिधिले नै बलात्कारको घटनालाई लेनदेनमा मिलाएको थाहा पाएपछि स्थानीय स्तरमा निकै आलोचना भएको छ ।

अहिले बलात्कारका आरोपी मेघराजलाई प्रहरीले पक्राउ गरेको छ र जबरजस्ती करणीमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक रुपैयाँ पनि हिनामिना भएको भेटियो भने मलाई यही रंगशाला निर्माणस्थलमा खाल्डो खनेर पुरिदिए हुन्छ(भिडियोसहित)

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनका संस्थापक सीताराम कट्टेलले रंगशालाको काम अघि बढ्न नसक्दा

घट्यो अन्नपूर्ण क्षेत्रका पदमार्गमा पर्यटकको आकर्षण

गलेश्वर । विश्वभर रोमाञ्चक पदयात्राको पहिचान स्थापित गरेको अन्नपूर्ण क्षेत्रका पदमार्गमा अहिले पहिले

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर

उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख ६१ हजार सवारीसाधन कारबाहीमा

काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख ६१ हजार तीन