सप्तरीमा बम विस्फोट, चार प्रहरी घाइते



२२ साउन, सप्तरी । अज्ञात समूहद्वारा सप्तरीको सुरुंगा नगरपालिका-६ स्थित भित्री सडकखण्डमा खाल्टोमा पुरेर राखेको प्रेसरकुकर बम विस्फोट हुँदा गएराति एउटा प्रहरी भ्यानमा क्षति पुगेको छ ।

इलाका प्रहरी कार्यालय कडरवनको बा १ झ ७३९२ नं को भ्यानमा आंशिक क्षति पुगेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

इप्रकाबाट गाउँतर्फ जाँदै गरेको सो भ्यान त्यहाँ पुगेपछि बम विस्फोट भएको थियो । त्यसमा सवार प्रहरी निरीक्षक राजेन्द्र यादवसहित चारजना सुरक्षाकर्मीसमेत घाइते भएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।

उक्त भ्यानमा प्रहरी निरीक्षकसहित १२ जना प्रहरी सुरक्षाकर्मी सवार थिए । उनीहरुको लहानस्थित एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको जिल्ला प्रहरी कार्यालय सप्तरीबाट जानकारी प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महोत्तरीमा बढे सर्पदंशका घटना

महोत्तरी । असार सुरु भएसँगै पानी पर्न थालेपछि सर्पदंशका घटना बढ्न थालेका छन्

खार्पुनाथ हुम्लाको पहिलो बालश्रममुक्त पालिका घोषणा

अदानचुली (हुम्ला) । हुम्ला जिल्लाका सात वटा स्थानीय तहमध्ये खापुनाथ गाउँपालिका बालश्रम तथा

निरन्तरको पहिरोले कालीगण्डकी ‘करिडोर’ अवरुद्ध

गुल्मी । शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर निरन्तरको पहिरोका कारण शनिबार पनि बन्द नै

नेपाल-चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको सन्दर्भमा काठमाडौंमा सिजाङ सांस्कृतिक सप्ताह सुरु

काठमाडौँ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको सन्दर्भमा शनिबारदेखि