पुष्पा बानिया भन्छिन् एक नम्बरमा इन्स्पेक्टरमा नाम निकाल्नुमा एक वर्षकाे प्रशिक्षण नै मुख्य रह्याे



काठमाण्डाै – सशस्त्र प्रहरी बल नेपालले भदाै ११ गते प्रकाशित गरेकाे विज्ञापनमा  नाम निकाल्न सफल उम्मेदवारहरूलाइ डिक्यानले बधाई तथा सम्मान कार्यक्रम आयाेजना गरेकाे छ । सर्वाेत्कृष्ट नतिजा सहित एक नम्बरमा नाम निकाल्न सफल विद्यार्थी पुष्पा बानिया सहित डिक्यानमा प्रशिक्षण लिइ सफल हुने विद्यार्थीहरूलाई बधाई तथा सम्मान गरेकाे हाे । कार्यक्रममा कार्यक्रममा सुरक्षा निकायका अवकाश प्राप्त विशिष्ट व्यक्तित्वहरूका साथै सफल विद्यार्थीहरूकाे उपस्थिति रहेकाे थियाे ।

सशस्त्र प्रहरी बलको मानव स्रोत विभागले गत भदौ ११ गते प्रकाशित गरेकाे विज्ञापनमा ४९ उम्मेद्वारहरू उत्तीर्ण भएका थिए । जसमध्ये ४४ जना पुरूष र ५ जना महिला रहेका छन् । साथै ४२ जना खुल्लामा, ४ जना महिला, २ जना आदिवासी र १ जना दलिततर्फबाट छनौट भएका छन् ।

खुलाबाट ४२ जनालाइ पछाडि पार्दै पुष्पा बस्नेतले एक नम्बरमा नाम निकाल्न सफल भएकि हुन् । डिक्यानमा एक वर्षसम्म लिएकाे प्रशिक्षणले र मेराे कडा मेहनतले याे सर्वाेत्कृष्ट नतिजा सहित एक नम्बरमा नाम निकाल्न सफल भएकि छु, पुष्पा भन्छिन राम्राे मेहनत गर्ने हाे भने असम्भव केहि पनि छैन । नाम निकाल्न सफल अन्य विद्यार्थीहरूले पनि आफ्नाे आफ्नाे अनुभव सुनाउँदै रहर भन्दा पनि निरन्तरकाे मेहनत नै आवश्यकता रहेकाे कुरा बताएका थिए ।

साेहि कार्यक्रममा बाेल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. राजेन्द्र के.सी. ले कुनै पनि युवाहरुलाई क्षमता पहिचान गरि आवश्यक र सहि तवरबाट मार्गदर्शन गर्ने हो भने छोटो समयमा उनीहरुको उज्ज्वल भविष्यको लागि मार्गप्रशस्त गर्न सकिन्छ । साथै युवाहरुलाई जुनसुकै पेशा व्यवसायमा लाग्ने हो भने पनि सल्लाह र सुझाव दिनको लागि डिक्यान सदैव तयार रहेको कुरालाई प्रष्ट पारेका थिए ।

संस्थाले पछिल्लो समय नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्राविधिक र अप्राविधिक तर्फका सम्पूर्ण पदहरुको लागि जागिर खान इच्छुक तथा योग्यता पुगेका क्षमतावान युवाहरुलाई शारीरिक अभ्यास, लोक सेवा आयोगद्वारा लिइने लिखित परीक्षा, व्यक्तित्व विकासका साथै अन्तर्वार्ताको लागि प्रशिक्षण दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी (म्याग्दी) । अष्ट्रेलियाका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक भ्रमणको

जिल्ला प्रहरी परिसर काठमाडौँद्वारा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौँ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा ‘रोडसाइड रोलकल’ सडक

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरिएको छ । उपकुलपतिका

इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख