प्रमोद खरेलको ‘खै कसरी’



काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा सजिएको ‘खै कसरी’ बोलको गीत सार्वजनिक भएको छ । जेजी क्रियशन युट्युब च्यानलमार्फत निर्माण गरिएको गीत बिहीबार सार्वजनिक गरिएको हो ।

प्रवासमा रहेर नेपाली गीत, सङ्गीतलाई माया गर्ने गीतकार ज्योति गुरुङले कोरेको शब्दमा सङ्गीतकार गङ्गाराज राईले लय हालेका हुन् । गीतको भिडियोमा मोडल नम्रता सापकोटा, विकास लामिछाने र भोजराज शर्मालाई फिचरिङ गरिएको छ । निर्देशक सुव्रतराज आचार्यको निर्देशन रहेको भिडियोमा जया शर्माले रचनात्मकता थपेकी छन् ।

राइज मिडिया नेटवर्कले पोष्ट प्रोडक्शन गरेको भिडियोलाई उत्सव दाहालले छायाङ्कन गर्नुभएको हो भने राजकुमार श्रेष्ठले सम्पादन गरेका छन् । गुरुङको शब्दमा यसअघि परदेशी छोरी, यो कस्तो माया, मुटुको टुक्रालगायतका गीत बजारमा आइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

बेदकोट (कञ्चनपुर) । कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक तेस्रो

नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा