बिहीबारदेखि सार्वजनिक यातायातका साधन संचालन गर्ने व्यवसायीको घोषणा



काठमाडौं । यातायात व्यवसायीहरुले बिहीबारदेखि सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरी बिहीबारदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याउने निर्णय गरेको जानकारी गराएका छन् ।

आफूहरुले अघि सारेका मागहरु सरकारले केही पूरा गरेको उल्लेख गर्दै साउन गतेदेखि सार्वजनिक सवारी सञ्चालनमा आउने जानकारी गराएका छन् । यातायात व्यवस्था विभागसँग ५०/५० प्रतिशत शुल्क सरकार व्यवसायीले बेहोर्ने गरी मजदुरको कोरोना बीमा गर्ने, कुनै मजदुरको मृत्यु भएमा क्षतिपूर्ति सरकारले दिने गरी कोष बनाउन अनुरोध गर्ने लगायतका सहमति भएको महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यले जानकारी दिएका छन् ।

त्यस्तै लामो दूरीमा सवारी खोल्न पनि यातायात व्यवस्था विभागमार्फत सरकारसँग अनुरोध गर्ने सहमति भएको छ । मौद्रिक नीतिले पनि व्यवसायीलाई पुनर्कर्जा लगायतका सुविधा दिएकाले यातायात चलाउने वातावरण तयार भएको अध्यक्ष कर्माचार्यले बताए । सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो ।

तर व्यवसायीले विभिन्न माग राख्दै यातायात सञ्चालन गर्न आनाकानी गरेका थिए । तर मौद्रिक नीतिमार्फत सरकारले केही सहुलियत दिएपछि यातायात व्यवसायी यातायात संचालन गर्न सहमत भएका हुन्। अहिले सवारी संचालन गर्दा सार्वजनिक सवारीमा आधा क्षमतामा मात्रै यात्रु बोक्न पाउने नियम बनाइएको छ भने साविककोभन्दा ५० प्रतिशत बढी भाडा लिन पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली युवा रोजगारीका लागि बाध्यात्मकरुपले विदेशिनुपर्ने अवस्थालाई अन्त्य गर्छौंः श्रममन्त्री अर्याल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले विदेशबाट फर्किएकालाई नेपालभित्रै रोजगारीको

कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चन

  काठमाडौँ । कुमारीलाई जीवित देवीको मान्यता दिइन्छ । निश्चित समय मन्दिरमा बसेपछि

सरकारले एक हजार प्रतिभावान युवालाई फेलोसिप उपलब्ध गराउने

  काठमाडौँ । सरकारले विभिन्न विषय क्षेत्रका एक हजार प्रतिभावान युवालाई ‘फेलोसिप’ उपलब्ध

१० लाख रुपैयाँमा सुरु गरेको बेकरीबाट मासिक २ लाख आम्दानी गर्दै धरानका दुई युवा

धरान ।  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई