खुमलटार भेलाको निष्कर्षः विचार तय नभई एकता महाधिवेशन असम्भव



काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादी केन्द्रतर्फका स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका छन् । सोमबार आफ्नै निवासमा अध्यक्ष प्रचण्डले आफू निकटका स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका छन् । छलफलले विचार तय नभइ एकता महाधिवेशन सम्भव नभएको निष्कर्ष निकालेको छ ।

छलफलमा पूर्वमाओवादीका सबै स्थायी कमिटी सदस्यहरूले पार्टी एकता बचाउन र अहिले देखिएको गतिरोधको निकास पहिलो वरीयताको अध्यक्ष भएकाले केपी ओलीले नै दिनुपर्ने निष्कर्ष निकालेका छन् । छलफलमा सहभागी स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले पार्टी अध्यक्ष र प्रधानमन्त्री भएकाले केपी ओलीले नै निकासका लागि पहल गर्नुपर्ने बताए ।

उनले छिटोभन्दा छिटो बैठक टुंग्याएर समस्या समाधानतिर अघि बढ्नुपर्ने बताए । छलफलमा सहभागी नेताहरुले एकता बचाउने, विकास गर्ने, निष्कर्षमा पुर्याउने मुख्य दायित्व ओलीकै भएको बताएका गजुरेलले बताए ।

सदस्यहरूले वैचारिक कार्यदिशा तय नभइ महाधिवेशनमा जानुको औचित्य नरहेको बताएको उनको भनाइ थियो । गजुरेलले मङ्सिरमा महाधिवेशन सम्भव नभएको र यदि महाधिवेशन अघि सार्ने हो भने पहिले विचार टुङ्ग्याउनुपर्ने भनेर आफूहरुले सुझाव दिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुस्ताङको कोरालानाका पूर्ण सञ्चालनमा ल्याइनेछः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोरालानाका पूर्ण

कस्तो रह्यो परराष्ट्रमन्त्रीको एक वर्ष ?

काठमाडौं । परराष्ट्र मन्त्रालयमा डा आरजु राणा देउवाले कार्यजिम्मेवारी सम्हालेको मंगलबार एकवर्ष पुगेको

आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा मन्त्री प्रधानमन्त्रीसँग मिठा गरेर मन्त्रिपरिषदमा भाग लिन्छन्ः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्

आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक