वैदेशिक हस्तक्षेपको विरोध हो कि बढ्दो चिनियाँ प्रभावको विरोध ?



भरत दाहाल ।

चीनका विरुद्धमा विष्फोटक बनाईएको नेपालको भू-राजनीतिमा स्वाभाविक रुपमा चिनियाँ सकृयता बढेपछि अमेरीकन, यूरोपीयन र ईण्डियन एजेन्टहरुले विदेशी हस्तक्षेपको कथा वाचनमा निकै रुची देखाउन थालेका छन्। यीनीहरुको टाउको दुखाईको विषय नेपालको राजनीतिमा बाह्य शक्तिहरुको सकृयता बढ्ने कुरासंग नभएर चिनियाँ सकृयता बढ्यो भन्ने कुरासंग जोडिएको छ। ईण्डो-पश्चिमा हस्तक्षेपका कारणले नेपाल आजको अवस्थामा आउँदासम्म यी सुराकीहरुले स्वाभाविक चासोका रुपमा अपब्याख्या गर्दै आएका थिए।

हाम्रो देशको मामिलामा कुनै पनि बाह्य शक्तिहरुको चासो हुनु हुँदैनथ्यो। तर यो मान्यता त्यसबेला मात्र लागु हुन सक्छ, जब शासक वर्ग आफ्नो विवेक र खुट्टामा उभिएको हुन्छ। हामीलाई थाहा छ कि राज्य प्रणालीका सबै अंगहरु पश्चिमा एनजिओ र आईएनजिओहरुले चाईरहेका छन्। विधायीका, कार्यकापालिका र न्यायपालिका सबैतिर पश्चिमा गैरसरकारी संस्थाहरुको लगानी छ। राज्यका सबै नीति निर्माण तिनैले गर्दै आएका छन्। संसद र सरकारमा बस्ने अधिकांश दलालहरु NGO का तलवी छन्। यो वैदेशिक हस्तक्षेप हो कि होईन ? ‘एक चीन’को नीति लिएर दलाई लामाको कथित सरकारले आयोजना गरेको कार्यक्रममा अमेरीकी र यूरोपीयन राजदूतहरुलाई सहभागि हुन स्विकृति दिने ईण्डो-पश्चिमा एजेन्टहरु विदेशी हस्तक्षेप गराउनेभित्र पर्छन् कि पर्दैनन् ?

विदेशी शक्तिहरुबाट पैसा लिएर मिडीया फाउन्डेशन चलाउने गुप्तरहरुले तिनै विदेशीहरुको स्वार्थमा प्रचार गरिरहेका छन्। यो वैदेशिक हस्तक्षेप हो कि होईन ? मानव अधिकार, जातियता, क्षेत्रियता, धर्म, भाषा सबै क्षेत्रमा अन्नदाताको अवधारणा र योजनालाई लागु गरी समाज भाँड्ने कुतत्वहरु विदेशी हस्तक्षेपका कारकहरु हुन कि होईनन् ? MCC स्विकार नगरे नेपाललाई ठूलो नोक्शानी हुने भनेर बोल्ने अमेरीकी दूताबास र ९९ प्रतिसत नेपालीहरुले निन्दा गरिरहेको MCC लाद्न खोज्ने एजेन्टहरुको कर्तुत बाह्य हस्तक्षेप हो कि होईन ? संविधान जारी गर्नेबेला ईण्डियनहरुका मागहरु बोकेर आउने र CIA को दलालीका लागि MCC पारित नभए अनिष्ट हुने धम्कि दिने कमल थापा जस्ता मानिसहरु नेपाल भाँड्ने विदेशी गोटी हुन् कि होईनन् ?

२०६४ सालमा पार्टीको यौटा क्षेत्रिय ब्युरोको बैठकमा ‘५ लाख ईण्डियनहरुलाई नागरिकता दिएर भए पनि संविधान सभाको चुनाव सम्पन्न गर्नु पर्छ’ भनेर मसंग विवाद गर्ने नारायणकाजीहरु चिनियाँ राजदूतको भेटघाटबाट निकै चिन्ति देखिन्छन्। यो चिन्ता विदेशी हस्तक्षेप बढ्यो भनेर हो कि ‘रअ’ ले हावा खान थाल्यो भनेर हो ? दल, संसद र सरकारमा ईण्डियनहरु पालेर यी विदेशी गुण्डाहरुले कस्तो स्वाधिनताको अलाप गरिरहेका छन् ? ‘म रअ को आधिकारीक व्यक्ति हुँ’ भनेर बोल्ने अमरेशकुमार र चीनद्वारा नेपालको सिमाना अतिक्रमणको नक्कली कथा प्रचार गरेर ईण्डियाको नांगो पक्षपोषण गर्ने विमलेन्द्र निधि जस्ता सुराकीहरुको ‘चिनियाँ हस्तक्षेप’को बकबासको अर्थ के हुन्छ ?

प्रत्येक चुनावमा विदेशीहरुसंग पैसा लिएर राजनीति गर्ने कुहिएरका झारपातहरु कहिले स्वाधिनतावादी भए ? साम्राज्यवादले दैनिक सैयौंको संख्यामा मानिसहरु मार्दा मारिनेहरुलाई आतंकवादीको आरोप लगाएर हत्याराहरुको पक्षपोषण गर्ने तलुवा तलवीहरु कहिले विदेशी हस्तक्षेप विरोधि भए ? विदेशी योजनामा १७ हजार नेपाली मारेर, विदेशी योजनामा विदेशी भूमीमैं बसेर ‘१२ बुँदे सहमति’ गरी सत्तामा आउने विदेशी प्यादाहरुको शासन नै विदेशी हस्तक्षेपको जरो हो कि होईन ? यीनीहरुको पराईतन्त्र कुन स्वदेशीले ल्याईदिएको हो ? यीनीहरूलाई सत्तमा पुर्याउने र फाल्ने काे हाे ? भर्खरै इण्डयिन जासुसहरूसंग मन्त्रणा गरेर चिनियाँ हस्तक्षेपकाे कथा वाचन ? अमेरीकी दूताबासका ‘की कन्ट्याक्ट पर्सन’ (Key Contact Person) सुराकीहरूमा चिनियाँ हस्तक्षेपकाे चिन्ता ?

यी अपराधिहरुको बकबास विसुद्ध चीन विराेधि राजनीति हो। यी अपराधिहरुले साम्राज्यवादीहरुसंग विभिन्न बहानामा पैसा लिएर नेपालको भू-राजनीतिलाई चीनका विरुद्धमा प्रयोग गराउने जुन डिजाईनमा काम गर्दै आएका थिए, त्यो अपराधिक पेशाले झड्का खान थालेपछि बौलाउन थालेका हुन्। ओ, ईण्डो-पश्चिमा गुप्तचरहरु हो ! नेपालमा विदेशीहरुको सकृयता बढेकोमा चिन्ता हो भने माथि उल्लेख गरिएका कुराहरु हस्तक्षेपभित्र पर्छन् कि पर्दैनन् भन्ने बहसमा आउ ! हस्तक्षेपको परिभाषा दिन अघि सर ! तिमीहरुले जाति, भाषा, धर्म, क्षेत्र, लिंग, मानव अधिकार, मिडीया, नीति निर्माण आदीको बहाना बनाएर नेपाललाई चीन विरोधि मोर्चामा बदल्न खोजेपछि त्यसले प्रतिकार गर्छ कि गर्दैन ? छोड्छौ हण्डिमारा पेशा ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अधिकार प्रयोग गर्न नदिएको भन्दै संघीय सरकारसँग बालेन आक्रोशित

बालेन साह । बाँदरहरुले आफ्नो घरपनि बनाउँदैनन् र अरुले बनाएको घर पनि भत्काँउछ्न

कांग्रेस नसच्चिए कम्युनिष्टहरुले यो व्यवस्था नै खारेज गरिदिन्छन् !

शारदाप्रसाद त्रिताल । नेपाली कांग्रेस ‘प्रचण्डांग्रेस’ को आवरणबाट बाहिर आउन लागेको जस्तो त

बुद्धले सिकाउँदै हिँड्नुभयो– दुःख र दुःखबाट मुक्ति

राजु शाक्य । इसापूर्व ५६३ वर्षअघि आजैका दिन नेपालको लुम्बिनी उपवनमा भगवान् बुद्धको

लोग्नेस्वास्नीको प्रेम !

डा. गोविन्दशरण उपाध्याय । निकै खानदानी ठानेर ती दुई विच परम्परागत विवाह भएको