यदि समस्याको समाधान खोज्ने हो भने बिचारमा बहस गर्नुस्



डा. युवराज संग्रौला ।
हरेक बस्तुको धर्म हुन्छ । राजनीतिक दलहरुको धर्म बिचारधारा हो । जुन्युको बैठकमा माओले बिचार होइन पद त्याग्छु भनेका थिए । कम्युनिस्ट पार्टीको धर्म माक्र्सवाद र लेनिनवाद हो । आर्थिक राजनीतिक कार्यक्रम माक्र्सवाद र संगठन लेनिनवाद अनुसार चल्छन् ।

१. तर नेपालमा कम्युनिस्ट पार्टी जातिवाद र बिकृत पूँजीवादका अनुयायी बन्ने प्रतिस्पर्धा गर्छन् । कम्युनिस्ट पार्टीमा समस्याको समाधान व्यक्तिका कुराले होइन, राजनीति समस्याको माक्र्सवादी लेनिनवादी दृस्टिकोणबाट हुन्छ ।

२. कार्यकर्ता र नेतालाई देश, बिचारधारा र गरिबको गरिबीको मुक्ति होइन राज्यका औपचारिक पद महत्वपूर्ण छन् ।

यदि समस्याको समाधान खोज्ने हो भने बिचारमा बहस गर्नुहोस् । संविधानको समाजवाद उन्मुख नीतिको कार्यन्वयनमा कति प्रगति भयो भन्ने कुरा खोज्नुहोस् । सरकार अहिले पनि नवउदारवादको डोको बोकिरहेको छ । पार्टीलाई पनि समाजवाद चाहिएको छैन । सामाजिक सञ्जालमा कम्युनिस्ट पढेलेखेका मानिसका शब्दहरु हेर्दा लाज लाग्छ । अहिले पीडा व्यक्तिले होइन बिचारले भोगिरहेछ । यही दसा कांग्रेसमा पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारीको ८७अर्ब खै ?

नारायण गाउँले । सहकारीको ८७अर्ब खै ? भन्ने कतै सुन्नुभएको होला ! ८७

अजिङ्गरको कथा

डा. गोविन्दशरण उपाध्याय । मैले लेखेको र तपाईंले एकएक अक्षर गरेर पढ्दै गरेको

०८४ सालको निर्वाचनपछि मुलुकको राजनीतिक परिस्थिति अझ असामान्य रुपले बिग्रिँदै जानसक्छः महासचिव भूसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले कांग्रेस र एमालेले अगाडि

रास्वपा प्रचण्डको समर्थनमा रमाउने कि आफ्नै खुट्टामा उभिने ?

काठमाडौं । सोमबार दिउँसो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी