सरकारलाई सही बाटोमा हिँडाउन नीतिगत विषयमा गहन छलफल, निर्णय र हस्तक्षेप हुनुपर्दछ



विष्णु रिजाल ।

बहुदलीय व्यवस्थामा पार्टीको सरकार हुन्छ । सरकारले कुनै कुरा बाध्यतावश वा हतारमा अघि सारेमा जनस्तरमा उठेका प्रश्नलाई ध्यानमा राखेर पार्टीले त्यसलाई सम्बोधन गर्दछ । चर्चामा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारसम्बन्धी विधेयकलाई नेकपाको चालू स्थायी कमिटी बैठकले यथावस्थामा अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ ।

यसअघि गुठीसम्बन्धी विधेयक पनि पार्टीमा छलफल भएरै रोकिएको थियो भने आमसञ्चार विधेयक पनि नेकपाका कारण परिमार्जन भएको थियो । गत बैशाखमा ल्याइएको अध्यादेश पनि जुन द्रूत गतिमा आएको थियो, नेकपाकै कारण त्यही द्रूत गतिमा फिर्ता भएको थियो ।
एमसीसीका बारेमा पनि पार्टीमा व्यापक छलफल हुनेछ र प्रक्रियासम्मत रुपमा निरुपण हुनेछ । पार्टीमा सस्थागत छलफल र निर्णय हुँदा त्यसको स्वामित्व वा दोषको भागीदार सबै नेता र सिंगो पार्टी हुन्छ ।

मुलुकको शासन सञ्चालन गर्ने कार्यकारी निकाय भएका कारण सरकारका दैनिन्दिनका काममा पार्टीले हस्तक्षेप गर्न हुँदैन । तर, सरकारलाई सही बाटोमा हिँडाउन यी र यस्तै नीतिगत विषयमा भने गहन छलफल, निर्णय र हस्तक्षेप हुनुपर्दछ । किनभने, निर्वाचनमा जनताका सामु सरकार होइन, पार्टी जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यथार्थवाद भित्रको आदर्शवाद

-डा. गोविन्दशरण उपाध्याय । नेपालमा मात्र होइन विश्वमै केही आफूलाई यथार्थवादी भन्ने तर

राजाबाट नागरिक हुँदा

डा. गोविन्दशरण उपाध्याय । राजा र राजतन्त्र मन पराउनु वा मन नपराउनु फरक

सेनाका कुरा

-सुरेश आचार्य चालू संविधान आएदेखि नेपालको सैनिक संगठन स्वतन्त्र निर्णय गर्न सार्वभौम छ

गिरिजाबाबुले नै हो ‘राजा’ फालेको

-डा शोभाकर पराजुली २०६३ साल जेठतिर । जनआन्दोलनको रापताप सेलाइसकेकै थिएन । जेठ