कोभिड-१९ को नयाँ औषधिबारे



डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ ।
नेपाल, बंगलादेश, भारत लगायतका देशमा एलर्जी, दम, बाथ आदि रोगमा प्रयोग हुने तथा सुन्निएको अवस्थामा प्रयोग हुने लाइफ सेभिंग ड्रग डेक्सामेथासोनलाई बेलायतमा गम्भिर प्रकृतिका कोरोंना संक्रमित बिरामीमा प्रयोग गर्दा राम्रो परिणाम दिएको बिबिसीले जनाएको छ | यो औषधि नेपाल, भारत लगायतका देशमा उपयोग तथा दुरुपयोग भएको औषधि हो | यो स्टेरोइड एकदम सस्तो र छिटो काम गर्ने खालको भएकोले चिकित्सकले भन्दा अन्य प्राक्टिस गर्नेहरुले तुरुन्तै जस पाउनको लागि ब्यापक रुपमा चलाएको पाइन्छ | यो धेरै पुरानो स्टेरोइड हो |
बेलायतको अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले अस्पतालमा भर्ना भएका २ हजार बिरामीलाई डेक्सामेथासोन दिएका थिए । अन्य ४ हजारलाई भने यो औषधी दिइएन ।
Dexamethaasone ( Dexona ) ले भेन्टिलेटरमा रहेका बिरामीहरुको मृत्युको जोखिम ४० % बाट २८ % मा झरेको तथा अक्सिजन चाहिएका बिरामीको मृत्युको जोखिम २५ % बाट २० प्रतिशतसम्म कम भएको जनाइएको छ ।
यो औषधिले भेन्टिलेटरमा रहेका बिरामीको मृत्युको जोखिमलाई १ तिहाइले कम गर्ने तथा अक्सिजन चाहिएका बिरामीहरुको मृत्युलाई १/५ ले कम गर्न सक्ने बताइएको छ ।
यो औषधि कोभिड १९ का सामान्य बिरामीलाई नभएर आइसीयु तथा भेन्टिलेटरमा राख्नुपर्ने वा राखेका बिरामीलाई प्रयोग गरिन्छ | यसको मूल्य नेपालमा प्रति ट्याब्लेट ३-४ रुपैयाभन्रा कम र इन्जेक्सनको मुल्य १६ रुपैया मात्र पर्दछ |
.
यो एन्टिभाइरल औषधि हैन | यो कोरोना भाइरसलाई नष्ट गर्ने औषधि हैन | यो केवल जीवन बचाउनको लागि ट्रयाल गरिएको औषधि हो | यसको प्रभावकारीता हेर्न बाँकी नै छ |
..
आशा गरौँ, यो औषधिले गम्भीर प्रकृतिका कोभिड १९ बिरामीको जीवन रक्षा गर्न उपयोगी हुनेछ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकपटक विचार गरौँ त ?

डा. गोविन्दशरण उपाध्याय । मलेसिया एउटा मुस्लिम राष्ट्र हो जहाँ हरेक पांच वर्षमा

हाम्रो कर प्रणालीकाबारेमा कहिलेसम्म मौन बस्ने ?

डा. युवराज संग्रौला । धेरै नेपालीमा एउटा रोग छ, त्यो हो समस्या नोखोतल्ने

धर्मनिरपेक्षताको दर्शन र नेपाल

डा. गोविन्दशरण उपाध्याय । १. धर्म निरपेक्षता कि पन्थ निरपेक्षता भारतीय संविधानको प्रस्तावनामा

यिनै भिजनविहीन र निष्ठारहित नेताबाट समृद्धि सम्भव होला ?

डा. बाबुराम भट्टराई । धेरै महानुभवहरूले बाबुराम ‘एक्लियो’ ‘हरायो’ भनेर चिन्ता गरेको देखियो।