औषधि खरिद प्रकरण हेरेर आउनुस् बजाऔँ ताली !



नारायण गाउँले ।

-ओम्नी-काण्डपछि स्वास्थ्यसेवा विभागले औषधि आयातकर्ताबीच प्रतिष्पर्धा गराएर स्वास्थ्य सामग्री किन्ने निर्णय गर्यो ।
-त्यसको मसी सुक्न नपाउँदै ईश्वर पोखरेलको अगुवाइमा सेनालाई खरिदको जिम्मा दिने अर्को निर्णय भयो । ओम्नीमा समेत पोखरेलकै आफन्तको संलग्नता थियो भन्ने पढ़िएको थियो ।

-शायद विभागले आपत्ति जनायो र लोकलाजको कुरो पनि भयो । १५% चाहिँ स्वास्थ्यसेवा विभागले नै प्रतिष्पर्धाबाट किन्ने भनियो ।

-ओम्नीसँग किन्दा ३९ रुपियाँ प्रतिगोटा परेको सर्जिकल मास्क विभागले प्रतिष्पर्धाबाट किन्दा जम्मा १५ रुपियाँ पर्यो । ओम्नीसँग २ डलरमा किनिएको ‘शु-कवर’लाई विभागले किन्दा त्यो मूल्यमा ६ वटाभन्दा बढ़ी आयो । सबैभन्दा बढ़ी मूल्य तिरिएको आइटम यही थियो । ४१ रुपियाँमा सरकारी निकायले नै किन्न सक्ने सामानलाई ओम्नीमार्फ़त २४४ रुपियाँ हालिएको रहेछ ।

-स्वास्थ्य सामग्रीको अभाव थियो । विभाग र सेनाले एकै समयमा खरिद प्रक्रिया शुरू गरे । अब तिनको मूल्य सूची हेर्नुहोस् ।

-ओम्नीसँग किन्दा ३९ रुपियाँ परेको मास्कलाई विभागले १५ रुपियाँमा किन्यो । सेनाले किन्दा एकै समयमा त्यसैको मूल्य ५२ रुपियाँ पर्यो । विश्वबजारमा अलिकति मूल्य घटबढ़ हुन्छ, तर एउटै सामग्रीको मूल्य यति बिघ्न फ़रक त हुन्न नै ।

-एकजना ओठे जबाफ दिने मुख्यमन्त्री छन्, शङ्कर पोखरेल । यो खरिदसँग संलग्न नरहेको र जबाफ दिने ठाउँमा समेत नभएका उनले ओम्नीको बचाउ गर्दै विश्व बजारमा त्यही मूल्य रहेको दाबी गरे । तर सरकारकै विभागले २४४ देखाइएको जुत्ताको खोललाई ४१ रुपियाँमा किन्यो । के तिनलाई हिसाब गर्न आउला ? कति महँगो तिरिएको रहेछ ?

-सरकारले प्रतिष्पर्धाबाट किनेको सामान र सेना मार्फ़त किनेको सामानको मूल्य हेर्नुभो भने किन एकाएक निर्णय फेरेर सेनालाई जिम्मा लगाइएको थियो भन्ने बुझिन्छ । विभागले १५ रुपियाँमा किनेको सर्जिकल मास्कलाई सेनाले किन्दा ५२ रुपियाँ पर्यो । यो ओम्नीको भन्दा पनि धेरै महँगो मूल्य हो । सरकारी विभागले एकै समयमा किनेको शुकभरको मूल्य ४१ रुपियाँ छ तर सेनाले किनेको मूल्य २९८ छ । लाखौं सामान किन्दा कति करोड़ र अर्बको फ़रक आउँछ भन्ने तपाईंले अनुमान गर्नुभयो होला ।

-अब के भयो त भन्नुहोला । सेनासँग २९८ रुपियाँमा किन्न लागेको सामान जम्मा ४१ रुपियाँमैं किनिदिए पछि स्वास्थ्य सेवाविभागका महानिर्देशक महेन्द्र श्रेष्ठदेखि अन्य धेरैको यस्तो महामारीका बेला समेत सरूवा भयो । यो खेल कत्रो थियो भन्ने बुझ्न प्रवक्ताको सरूवा पनि हेर्न सकिन्छ ।

-श्रेष्ठको सरूवा हुनुपर्ने मुख्य कारण यही खरिद प्रक्रिया थियो । उनैले ओम्नीसँगको ठेक्का रद्द भएको र कालोसूचीमा राखिएको घोषणा गरेका थिए । उनैले अन्य आयातकर्तालाई प्रतिष्पर्धामा सामेल गरेर नयाँ खरिद प्रक्रिया शुरू गरेका थिए । ओम्नीको धरौटी जफत गर्ने बताएका थिए । तर यी सबै कुरा भएनन्, भयो त उनको सरूवा भयो । धन्न जानुअघि रक्षामन्त्रीको दबाबका बीच पनि कम्तिमा १५% विभाग आफैले किन्ने निर्णय गर्न भ्याए र वास्तविक मूल्य थाहा भयो ।

-अहिले फेरि यिनै खरिददारहरूको तलबभत्ताका लागि राजश्वले नपुग्ने भएछ । आन्तरिक र वैदेशिक ऋण उठाउनतिर सरकार लागेको छ भन्ने सुनियो ।

आउनुस्, यस्तो वैश्विक सङ्कटको समयमा पनि यस्तो कलात्मक खेलका लागि ताली बजाऔँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वेदमा राष्ट्रगान

केशवप्रसाद भट्टराई । (यजुर्वेद २२. २२) आ ब्रह्मन् ब्राह्मणो ब्रह्मवर्चसी जायतामा राष्ट्रे राजन्य:

‘भन त सरकार, आफू अघाएपछि तिमीले हात उठाउन मिल्छ भने जनताले पनि हात उठाउन किन मिल्दैन ?’

नारायण गाउँले । -करोड़पति ओलीले उपचारका लागि राज्यबाट बारम्बार करोडौं रुपियाँ लिनुभो –

‘विदेशीको झोला बोकेर उनीहरूका विचार लाद्नेहरू देश र संस्कृतिका सच्चा मित्र हुनै सक्दैनन्’

डा. गोविन्दशरण उपाध्याय । म मुस्लिम, इसाई, यहुदी वा अन्य कुनैका विरोधी होइनौं

‘दुर्गालाई’ अपमान गर्ने उखान हटाउने कि ?

डा. अरुणा उप्रेती । लामा–लामा वाक्यहरूको साटो एउटै उखान टुक्काले मनको भाव गजबसँग