‘१० दिनपछि रिपोर्ट निकालेर कोरोना संक्रमणले फलानोको मृत्यु भयो भनेर नभन्नुहोला है’



डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ ।

डरको बिरुद्ध :
.भ्रम र हल्ला सबैभन्दा छिटो सर्ने सरुवा रोग हुन् | यहि भ्रम, हल्ला र कमजोर आत्मबलको कारण हामीलाई डर लाग्छ | डर जीवनबाट उत्पन्न हुँदैन, यो मनबाट उत्पन्न हुन्छ | हामीले भोलि केहि हुन्छ कि भनेर डर मान्छौं | डर जहिले पनि भविष्यको लागि गरिन्छ | जुन कुरा भएको छैन त्यो कुराको किन डर मान्ने ? अस्तित्व नभएको कुरासंग किन डराउने ?
.
हामीलाई कोरोना संक्रमण भएको छैन भने किन डराउने ? कोरोना संक्रमण भएको छ भने डराएर निको हुँदैन | भोलिकै कुरा गर्ने हो भने भोलि जे पनि हुनसक्छ, केहि पनि नहुन सक्छ | जीवन भनेको दैनिक घट्ने घटनाको सिक्री हो | हामी जीवित छौं र त रोग लाग्छ | सुख, दुख, रिस, इर्श्या,डर आदि मनका भाव मात्र हुन् | भाव भनेको घटना होइन, बास्तबिकता होइन |
.
मैले बुझेसम्म अहिले मलाइ कोरोना संक्रमण भएको छैन | मलाइ कोरोना संक्रमण भएर निको भएको हुनपनि सक्छ | मलाइ भोलि कोभिड लाग्न पनि सक्छ | कोरोना संक्रमण भयो भने म चिन्तित हुने छैन | आराम गर्नेछु, पुस्तक पढ़नेछु, गीत सुन्नेछु, साथीहरुलाई फोन गर्नेछु, जे सम्भव छ त्यो खानेछु, जडिबुटी र मरमसला तातो पानीसंग खुब पेल्नेछु, ज्वरो आए सिटामोल खानेछु, खोकी लागे कफ सिरप खानेछु, कमजोरी महशुष भए डाइट खानेछु | हल्का व्यायाम गर्नेछु, योग र ध्यान गर्नेछु, दैनिक डायरी लेख्नेछु ..| यसो गर्दा गर्दै मेरो स्वाब टेस्ट गर्न प्राबिधिक आउनेछन् | अर्को दिन फोन गरेर भन्नेछन् – सर, बधाई छ तपाइंलाई, तपाइंले कोरोना जित्नुभयो | म छक्क पर्नेछु र मनमनै भन्नेछु – सुतेरै जितें यार कोरोनालाई |

अनि फोन गर्ने मान्छेलाई भन्नेछु – ‘ कोरोना त जितें मैले, तर जित्नुपर्ने रोगहरु लाखौँ छन् | ती मध्ये कुनै रोगबाट मृत्यु भयो भने मेरो भौतिक देहबाट स्वाब निकालेर, परिक्षण गरेर तथा १० दिनपछि रिपोर्ट निकालेर कोरोना संक्रमणले फलानोको मृत्यु भयो भनेर नभन्नुहोला है |’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मिलिनियम ट्रेक’लाई नियाल्दा

सागर श्रेष्ठ।  पहाडको प्राकृतिक छटा, लेकबस्तीको आत्मनिर्भर अर्थतन्त्र, मौलिक उत्पादनमा आश्रितहरुको कथा चिनाउने

दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना !

रविन्द्र मिश्र । नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध)