कोरोना संक्रमणलाई अब सामान्यीकरण गरौं



डा. रवीन्द्र पाण्डे |
कोरोना संक्रमणको बढ्दो तथ्यांक हेरेर आम नागरिक त्रस्त भएको स्थिति छ | बिकसित देशहरुले कोरोना संक्रमणलाई सामान्यीकरण गर्न धेरै बैज्ञानिक प्रयास गरिरहेका छन् | हामीले पनि कोरोना संक्रमणको यथार्थता आम जनतालाई सुचित गरेर यसको ब्यबस्थापकीय शैलीलाई परिवर्तन गर्नु आबश्यक छ |

– PCR परीक्षणको संख्या र दायरालाई ब्यापक बढाउने | संक्रमित क्षेत्रमा ‘ १ घर, १ जना परिक्षण ‘ को अभियान बढाउने |
– होम क्वारेन्टाइन र सेल्प आइसोलेसनलाई अनुगमनसहित प्रभावकारी बनाउने |

– कोरोना संक्रमण पोजिटिभ हुँदैमा अस्पतालमा भर्ना नगर्ने | होम आइसोलेसन वा सेल्फ आइसोलेसनको ब्यबस्था गर्ने | ९० % भन्दा धेरै संक्रमितलाई ४ हप्ता घरमा बस्दा कोरोना संक्रमण आफै निको हुन्छ | सामान्य लक्षण देखिए घरमै लाक्षणिक उपचारको मार्ग निर्देश गर्ने | यसो गर्दा संक्रमितलाई घरेलु बाताबरणमा सजिलो हुनुको साथै मनोबल पनि बढ्दछ | घरमा आइसोलेसनको बाताबरण नहुने संक्रमितलाई मात्र सामुदायिक भवनमा आइसोलेसनमा राख्ने |

– सास फेर्न गाह्रो हुने लगायतका अन्य गम्भीर लक्षण देखिएमा तोकिएको कोरोना डेडिकेटेड अस्पतालमा भर्ना गरेर उपचार गर्ने |
– संक्रमण जिरो देखिएका जिल्लामा मात्र RDT टेस्ट गर्ने | त्यहाँ RDT टेस्ट पोजिटिभ देखिएमा PCR टेस्ट बढाउने | RDT लाई जबर्जस्ती बिस्तार नगर्ने |

– मृतकमा कोरोना संक्रमणबाहेक कुन कुन दीर्घरोग थियो तथा कुन अवस्थाले मृत्यु भयो भन्ने तथ्य सार्वजनिक गर्दा आम नागरिक डराउने बातावरण एकदम न्यून हुन्छ |

– रेडियो, टेलिभिजन, पत्रपत्रिका आदि संचार माध्यममा सामाजिक दुरी, मास्कको सहि प्रयोग, रोगप्रतिरोधात्मक क्षमता बढाउने उपाय लगायतको प्रभावकारी सामग्री निर्माण, प्रकाशन / प्रसारण गर्ने |

– मौसमी रुघाखोकी, अन्य फ्लु तथा कोरोना संक्रमणका लक्षणको फरक सुचित गर्ने |
– भारत वा अन्य देशबाट नेपालीलाई सिमानाका PCR Test गरेर संक्रमितलाई क्वारेन्टाइन र स्वस्थलाई आफ्नो थातथलो पठाउने |

– जनस्वास्थ्य चेतना निकै फितलो छ | तसर्थ उठेका हरेक इस्युलाई दैनिक सम्बोधन गर्ने तथा पर्याप्त जनस्वास्थ्य चेतनाको कार्यक्रम संचालन गर्ने |

– आम नागरिकलाई कोरोना भाइरससंग आफ्नो जीवन सुचारु गर्न प्रशिक्षित गर्ने |
– खोप, नसर्ने रोग / दीर्घरोगको परीक्षण तथा उपचारको प्रबन्ध मिलाउने |

– अस्पतालहरुलाई संक्रमणबाट सुरक्षित राख्ने | स्वास्थ्यकर्मीलाई गुणस्तरीय तथा पर्याप्त PPE को ब्यबस्था गर्ने |
– सुरक्षित प्रसव र शल्य क्रियालाई ग्यारेन्टी गर्ने |
– मनोपरामर्श सेवालाई हरेक स्थानीय निकायमा पुर्याउने |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘स्टार्टअप’मा सरकारको प्राथमिकता

पार्क थेयङ  मैले प्राकृतिक सुन्दरताले भरिएको नेपालमा गणतन्त्र कोरियाली राजदूतका रूपमा सेवा गर्ने

थोत्रा जहाज किन ल्याउन दिने ?

डा. युवराज संग्रौला । अनेक दुर्घटना घटिरहेका छन् । बिग्रेको प्लेन पोखरा उडन

मानसिक स्वास्थ्यका सेवाग्राहीलाई परामर्श

डा. गोविन्दशरण उपाध्याय । मनोवैज्ञानिक परामर्श आजको जीवनशैलीका लागि अनिवार्यझैं बनेको छ ।

पर्म, पैँचो र विचार

डा. गोविन्दशरण उपाध्याय । गाउँघरतिर यी शब्दहरूसंग जोडिएका व्यबहारहरू हराउँदै गएका छन् ।