सेनाको संख्या कटौतिको माग कहाँ जोडिएको छ ?



भरत दाहाल ।

विश्वको जटिल परिस्थिति, नेपालको संकटपूर्ण भू-राजनीति र ईण्डियनहरुबाट भूमी अतिक्रमणका घटनाहरुले नेपाली सेनाको संख्यालाई बढाउनु पर्ने माग गर्दछ तर दलका केही व्यक्तिहरु मार्फत् सेनाको संख्यामा कटौति गर्नु पर्ने दलीय सन्देशहरु सार्वजनिक भैरहेका छन्। १२ बुँदेमा सिंगारिएको मूख्य नायक एमाओवादी वृत्तले यस्तो कुरा उठाउनुलाई अनौठो मानिंदैन तर यस्तो कुरा सुन्नै नचाहने कांग्रेसी वृत्तबाट रामशरण महतले उठाएको यो माग चाहिं बाहिरबाट हेर्दा अनौठो जस्तो लाग्छ।

सेनाले देशका लागि केही गरेको छैन वा गर्न दिईएको छैन भन्ने कुरा सत्य हो। यो छुट्टै बहसको विषय हो। तर सेना आर्थिक बोझ भयो भन्ने कुरा ती व्यक्तिहरुले उठाईरहेका छन्, जसले भूकम्प पिडीतहरुलाई दान आएका जस्तापाता समेते बेचेर खान बाँकि राखेनन्। आर्थिक बोझको कुरा उठाउने व्यक्तिहरु तिनै हुन्, जसले देश लुटेर रित्तो बनाएका मात्र छैनन् कि ८० लाख नेपालीहरुलाई बाहिर निकालेर देशको विकास गर्नु पर्ने बजेटमाथि ‘सांसद विकास कोष’का नाममा ब्रम्हलुट मचाईरहेका छन् र महिनैपिच्छे अर्बौंको भ्रष्टाचार गर्दै आएका छन्।

सेनालाई विवादास्पद पेशामा लगाएर संख्या कटौति गर्नु पर्ने माग गर्नेहरुको नियत अर्कै छ। यो माग MCC प्रवेश गर्ने योजनासंग जोडिएको छ। MCC संग गरिएको संझौतामा अमेरीकी कानून लागु हुने, सो कानून लागु भएको ठाउँमा अमेरीकी रोजगारी र उत्पादनमा नेपालले असर पुर्याउन नपाईने कुरा उल्लेख छ। MCC अधिकृत क्षेत्रमा अमेरीकी रोजगारीको अर्थ हो- MCC परियोजनाका कामदारका बहानामा अमेरीकी सेनाको भर्ति। यही योजनाका लागि संझौतामा अमेरीकी रोजगारीमा असर पुर्याउन नपाईने प्रावधान राखिएको छ।

MCC परियोजनाको कामका नाममा प्रवेश गर्ने अमेरीकी सेनाको गतिविधिलाई रोक्न नसक्ने बनाउनका लागि सेनाको संख्या व्यापक रुपमा कटौति गर्नु पर्ने कुरा उठेको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानीमा ईण्डियाले जे गरिरहेको छ, त्यसको प्रतिरोध हुन नसकोस् भन्ने कुरा पनि यससंग जोडिएको छ। यो कुरा उठाउने राम कार्की ‘रअ’ का कार्यकर्ता र रामशरण महत ‘सिआईए’का कार्यकर्ता हुन् भन्ने कुरा राजनीतिमा जानकारी राख्ने सबै नेपालीहरुलाई थाहा छ। आफ्नो भूमिकाबाट च्युत भएर सेनाले यस्तो वातावरण निर्माण गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यथार्थवाद भित्रको आदर्शवाद

-डा. गोविन्दशरण उपाध्याय । नेपालमा मात्र होइन विश्वमै केही आफूलाई यथार्थवादी भन्ने तर

प्रहरी महानिरीक्षकद्वारा एसपीमा बढुवा भएका दुई अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका दुई अधिकृतलाई

राजाबाट नागरिक हुँदा

डा. गोविन्दशरण उपाध्याय । राजा र राजतन्त्र मन पराउनु वा मन नपराउनु फरक

राष्ट्रिय एकताको रक्षार्थ जस्तोसुकै परिस्थितिमा संविधान प्रदत्त जिम्मेवारी पूरा गर्छौंः प्रधानसेनापति सिग्देल

  धनगढी । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेना सदैव देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता,