हे सरकार, सर्वहारा वर्गको उदय नै भोकले भएको हो भन्ने सम्झाउनुपर्छ र ?



डा. गोविन्दशरण उपाध्याय ।

हे सरकार,
सर्वहारा वर्गको उदय नै भोकले भएको हो भन्ने मैले सम्झाउनु पर्दैन | करोना महामारी हो तर त्यो भन्दा पनि ठूलो महामारी भोक, प्यास र मानसिक तनाव हो |

नेपाललाई भयभित पार्ने गरी लकडाउनमा राखेर आफ्नो राजनैतिक खिचातानीबाट सरकारका दिनहरू लम्ब्याउने खेल नखेल | अमेरिका, बेलायत भारतको नक्कल गरेर लकडाउनको आयु नतोक | उनीहरू आर्थिकरूपमा बलिया छन्, केही समय आफ्नो बचतले धान्न सक्छन् | तर नेपालीसंग त्यो क्षमता छैन |

प्रक्षेपित रेमिटेन्स १.५ अर्ब रुपैया घटिसकेको छ र विदेशबाट ३ लाख नेपालीहरू फर्केपछि रेमिटेन्सको आम्दानी पातालमा पुग्ने छ | एकहप्ता अगाडी नै प्रगतिशील सरकारका अर्थमन्त्रीले “कर थप्नु पर्ने” भनिसकेका छन् |

सरकारले जनतालाई रोग र भोक दुवैबाट जोगाउनुपर्छ र जनता आफै पनि जोगिने प्रयत्न गर्नुपर्छ | तर सरकारको आन्तरिक सत्ताविवाद साम्यपार्ने लकडाउनलाई वहाना बनाउने नीति निकै महगो पर्ने छ |

खुला सीमानाको डर देखाउने, सीमा पारी फँसेका आफ्नै नागरिकलाई चरमवेवास्था गर्ने, गरीवको राहतबाट आफ्ना कार्यकर्ता रिझाउने तथा दीर्घरोगीहरूको मानवाधिकारको वेवास्था गर्दै उपचारको सुविधाबाट बंचित गर्ने कामको अवधि सकिएको छ |

काठमाडौँलाई बन्धक बनाएर देश करोनाबाट सुरक्षित छ भन्ने सोचले देशको आर्थिक स्वास्थ्य ध्वस्त भएको छ | काठमाडौँ उपत्यकाजस्ता घनाआवादीहरूमा करोना खासै देखिएको छैन | काठमाडौँ नाकाहरूमा ढुवानी बाहेक सबै थोक सील गरेर आन्तरिक गतिविधि संचालनमा ल्याउनु पर्छ |

सरकार तिम्रो भलो होस् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पक्ष होस् या प्रतिपक्ष, आफ्नो भविष्यबारे मात्रै सोच्ने व्यक्ति असल नेता हुँदैन

नारायण गाउँले । देशभरि नै सहकारीमा हजारौँ जनताको अरबौं रुपियाँ डुबेको सत्य हो

अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना मेयरलाई यसरी शानसँग उभिएको हेरेर खुसी बनौं !

नारायण गाउँले । चुनावमा उठ्नुअघि धेरैले बालेन साहलाई चिनेका थिएनन् ! उठे नै

शायद त्यसैका लागि नियतिले यस्तो संसदीय बाटोको रेखा कोर्दै लगेको छ

जेपी गुप्ता । ऊ बेला हामीलाई सिकाउनेले ललाउँदै फकाउँदै भन्थे–’संसदीय व्यवस्था भनेको सडकको

ओलीले किन बनाउँदैछन् रविलाई ‘मानवढाल’ ?

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले झापाको गिरिबन्धु टी–स्टेटको जग्गासम्बन्धी विवादमा गरेको फैसलाको