आस्था र विश्वास



डा. गोविन्दशरण उपाध्याय ।
आस्था र विश्वासको भाषा नै आस्था र विश्वास हो | यो लेख लेख्दैगर्दा विश्वको जनसंख्या ७७९३८५४८९९ छ र एकघण्टामा करिव २६७० जना बढ्ने छन् | १२० वर्षपछि ठीक आजकै दिन अर्थात् २१९७/०१/१४ उपरोक्त सङ्ख्या मध्ये यो संसारमा एकजना पनि रहने छैन |

विश्वको हरेक मान्छे उसको आस्था र विश्वासमा जीवित छ | तेस्तो आस्था भौतिक वा आध्यात्मिक पनि हुन सक्छ | कुनैले आफुलाई नास्तिक भएको विश्वासमा जीवित हुन्छन् | मानसिक रूपमा स्वास्थ्य मान्छे आस्था र विश्वासबाट टाढा रहन सक्दैनन् | मूलत: मान्छे आस्था र विश्वासका कारण आफ्नो र अरूको अस्तित्व अनुभूत गर्छ |

विश्वका अनेकौं विश्वास र आस्थाहरू मध्ये “आफ्नो वारेमा अनुसन्धान गर” भन्ने विश्वको एउटा मात्रै संस्कृति हो – सनातन वैदिक | यो संस्कृतिको विश्वासमा परमतत्वबाट अवरोहण र जीव तत्वबाट परमतत्वमा आरोहण हुने व्यबस्था छ | अर्थात् हिन्दू संस्कृतिको विश्वास जलेवीसरह छ | जुन ठाउंबाट चाखे पनि गुलियो नै भेटिन्छ |

आस्था र विश्वास तेस वखत महत्वपूर्ण र विश्वसनीय ठहरिन्छ जव तिनको स्रोत विकाररहित र अपौरुषेय हो | ऋत अर्थात् परमतत्व, जीव, कर्मफल, धर्म तथा पुनर्जन्म ई तेस्ता विश्वास र आस्था हुन् जसले विश्वलाई निर्देशित गर्छ | आरोहण र अवरोहणको प्रकृतिलाई पूर्णता प्रदान गर्छ | हिमवतखण्डका कन्दराहरू र नदीहरूका किनारामा साक्षात्कार भएको ज्ञानको आस्था र विश्वाससंग जोडिएको विज्ञान अभूतपूर्व | संस्कृत भएकोले सभ्य छ |

आज पनि विश्वका करिव १०० जातिहरू नितान्त जङ्गली अवस्थामा जीवन यापन गरिरहेका छन् | चन्द्रमा पुग्ने, दैनिक १८५००/ डलर पर्ने होटल रूपमा वस्ने, विश्वको सबैभन्दा शक्तिशाली अमेरिकाको राष्ट्रपति, दैनिक ज्याल मजदुरीमा काम गरेर पेट भर्ने वा क्रस भिरेर विश्वलाई इसाई वनाउने सङ्कल्प गर्ने पोप मध्ये को सुखी छन् ? भन्न सकिन्न |

तर पनि मान्छेलाई सुख चाहिएको छ र सुखप्राप्त गर्न सधैं मरिहत्ते गरिरहेको छ | विश्वको सबै सुख आफ्नै नाममा राख्छु र भोग्छु भनेर बौलात्ठीपनमा एकोहोरो कुद्ने मान्छेले संसार भरिएको छ | सुख प्राप्त गर्न “जे पनि गर्ने” थुप्रै मान्छे छन् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानीमैत्री वातावरणका लागि चाहिने नीतिप्रति लगानीकर्ता आश्वस्त भएनन्

गोपीनाथ मैनाली । नेपाल अवस्थिति र श्रम (लोकशेन एण्ड लेवर) का आधारमा मात्र

‘समृद्ध इलामः सुखी इलामेली’ को साझा सपना पूरा गर्छु

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा इलाम क्षेत्र नम्बर दुईबाट निर्वाचित भएकोमा नेकपा एमालेका नेता

इलाममा रास्वपाको लोकप्रियताको ग्राफ किन लाग्यो ओरालो ?

काठमाडौं । एकवर्ष अघि तनहुँ, चितवन र बारामा उपनिर्वाचन हुँदा रवि लामिछानेले नेतृत्व

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य

डा. गोविन्दराज पोखरेल । समाजवादोन्मुख अर्थतन्त्रको विकासका लागि ठूलोमात्रामा लगानीको आवश्यकता छ ।