अब काठमाडौं उपत्यका आंशिकरुपमा खोल्नुपर्छ



डा. गोविन्दशरण उपाध्याय ।

अव काठमान्डौ उपत्यका आंशिकरुपमा खोल्नुपर्छ किनभने
१. लकडाउनको ३० सौं दिनसम्म काठमाडौँमा स्थानीयतहमा करोना संक्रमण भेटिएको छैन |
२. करोनको प्राकृतिक प्रसारणको सम्भावना भएको भन्दा दोब्बर दिनहरू बन्दमा वितिसकेका छन् |
२. हवाई मार्ग तथा थलमार्गहरू वन्द गरिएको हुँदा वाहिरबाट रोग भित्रिन सक्ने खतरा अत्यन्त न्यून छ |
३. काठमाडौँ उपत्यकामा सूचनाको राम्रो पहुँच हुँदा मान्छेहरूले सरकारले बनाएका नियमहरू पालन गर्छन् |
४. एसले कालाबजारी नियन्त्रण गर्न मदत गर्छ |

तेसैले
१. सार्वजनिक सवारीसाधनमा अझैं रोक हुनुपर्छ |
२. निजी सवारी साधनमा तीन जना भन्दा बढी वस्न नदिने सुनिश्चित गर्नुपर्छ |
३. मालवाहक तथा निर्माणकार्यमा प्रयोग हुने साधनहरूलाई जोर-विजोरको दरले संचालनमा ल्याउनुपर्छ |
४. मोटरसाइकलजस्ता सवारीसाधनमा एकजना मात्र चढ्न पाउने व्यबस्था मिलाउनु पर्छ |
५. तीन जना भन्दा मान्छे एकत्र हुन दिनु हुँदैन | यसमा अत्यन्त कडाई गर्नुपर्छ |
६. पठनपाठनको व्यबस्था अझैं केही दिनको लागि अनलाइन मै गर्नुपर्छ, विद्यालय खोल्नु हुँदैन |
७. कलेजहरूका हकमा प्रशासन खोल्न पर्छ र भर्ना जस्ता क्रियाकलापहरू सुचारू गर्न पर्छ |
८. स्वास्थ्य भन्दा अर्को कुनै विषय महत्वपूर्ण हुँदैन र जहाँ करोनाको संक्रमण देखिन्छ तेस ठाउँलाई पूर्णप्रतिबन्धित इलाका घोषणा गरेर उपचार गरिनुपर्छ |
९. अझैं पनि केही समय उपत्यकाबाट वाहिर-भित्र गर्न (यात्रुलाई) रोक लगाइराख्नु पर्छ |
१०. सम्पूर्ण जनताले सरकारी तथा विज्ञका निर्देशनहरूको पालन गरिरहेको सुनिश्चित गर्नुपर्छ |

अन्यथा,
देशले धेरै चर्को आर्थिक तथा मानसिक मूल्यहरू चुकाउनु पर्ने हुन्छ | १५ दिन भन्दा बढी एकै ठाउँमा लक भएर वस्नुपर्दा मान्छे मानसिक रूपमा निकै पिरोलिंछ | मानसिक रूपमा पिरलो बढेपछि पुन: पुरानो गतिमा काम गर्न सकिन्न | मान्छेको मनोबैज्ञानिक मूल्यप्रति पनि सजग बनौं र काठमान्डौ उपत्यका आंशिकरुपमा संचालन गरौँ | अव जिद्दीले होइन विवेकले काम गरौँ |

के भन्नु हुन्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पक्ष होस् या प्रतिपक्ष, आफ्नो भविष्यबारे मात्रै सोच्ने व्यक्ति असल नेता हुँदैन

नारायण गाउँले । देशभरि नै सहकारीमा हजारौँ जनताको अरबौं रुपियाँ डुबेको सत्य हो

अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना मेयरलाई यसरी शानसँग उभिएको हेरेर खुसी बनौं !

नारायण गाउँले । चुनावमा उठ्नुअघि धेरैले बालेन साहलाई चिनेका थिएनन् ! उठे नै

शायद त्यसैका लागि नियतिले यस्तो संसदीय बाटोको रेखा कोर्दै लगेको छ

जेपी गुप्ता । ऊ बेला हामीलाई सिकाउनेले ललाउँदै फकाउँदै भन्थे–’संसदीय व्यवस्था भनेको सडकको

ओलीले किन बनाउँदैछन् रविलाई ‘मानवढाल’ ?

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले झापाको गिरिबन्धु टी–स्टेटको जग्गासम्बन्धी विवादमा गरेको फैसलाको