बालकले बोले ‘फूँगो त आमाले सिलाइदिनु हुन्छ तर करोनाले ज्यान लियो भने कसैले फर्काउन सक्ने छैन’



डा. गोविन्दशरण उपाध्याय ।

पाकिस्तानको पेसावरका यी बालक कोरोनाको संक्रमणबाट रोक्न फुंगो (मास्क) बेच्दै थिए | गरीव आमाले घरमा सिलाएका प्रत्येक फूँगोको मूल्य २० रुपिया थियो, तेही बेचेर साँझको चूल्हो बल्ने थियो |

बाटोमा हिंडी रहेका एकजना गरीव बुजुर्ग एउटा फूँगो किन्न चाहन्थे तर उनीसंग केवल १० रुपैया थियो | बालकले बुजुर्गको मनको कुरा बुझे |

बालकले बुजुर्गका हातमा फूँगो दिंदै “हजुर बा, पैसा छैन भने नदिनुस् | मेरी आमाले यी फूँगाहरू घरमा सिलाउनु हुन्छ | तपाईंलाई एउटा फूँगो दिंदा उनी आमा खुसी हुनेछिन् | पैसा नभए दिनुपर्दैन |

बालकको यो उदारता देखेर बुजुर्गका आँखामा आँसु छल्किए | उनले बालकसंग भने “बाबु ! पाकिस्तानमा धेरै पैसावाल होलान् तर मलाई पत्याउने तिमीमात्र भयौं |” भगवानले तिम्रो भलो गरूँन् |

बालकले बोले “फूँगो त आमाले सिलाइदिनु हुन्छ तर करोनाले ज्यान लियो भने कसैले फर्काउन सक्ने छैन |”
………..
आफ्नो हैसियतअनुसार सहयोग गरौँ | करोनाबाट जोगिऔ र अरूलाई जोगाऔं |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किन कुण्ठाग्रस्त हुँदैछ नेपाली समाज ?

डा. गोविन्दशरण उपाध्याय । अहिलेको नेपाली समाज निरन्तर कुण्ठाग्रस्त (Frustration) हुँदैछ । दुईजना

संसदमा १० सांसदको प्रश्न र प्रधानमन्त्रीको जवाफ

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले  राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका ठूला

हजुरबुबाको त्यो गरिबी र आजको मेरो सम्पन्नता !

नारायण गाउँले । धेरै नपढेको र जागीर नखानुभएको हजुरबुबा–आमाले बनाउनुभएको घर ‘पक्की’ थिएन

पीरलोको कुरा

-डा. गोविन्दशरण उपाध्याय । आजभोलि तनाव, दवावजस्ता शब्दहरू प्रयोग गरेर अंग्रेजीको Stress शब्दबाट