पर्यटनले डलर मात्र आउँदैन, रोग, सांस्कृतिक अपचलन र सभ्यता नै धराप हुन्छ



पुरञ्जन आचार्य ।

काेभिड- १९ काे वर्तमान अवस्था : भाईरस इन्फेक्टेड कुल ९,३८,५६५
मृत्यु: ४७,३०३ ।
ठिक भएर घर फर्केका : १,९५,३९७ ।
अहिले संक्रमित :६९५८६५ ।
यसमध्ये सामान्य माईल्ड कन्डिसनमा : ६,६०,१०८ ।
क्रिटिकल: ३५७५७ ।
कुन देशमा कतिजनाले याे राेगवाट ज्यान गुमाए जानकारी सर्वत्र छ ।कुन उमेरका मरे ? हेरैा ।
– मृत्यु हुनेमा उमेर ७० माथीका अधिकांश छन् । अझ ८० उमेर माथिका धेरै छन । ५० मुनीका १% पनि मुश्किलले पुग्छ ।
मेराे ६० वर्षकाे पनि अत्यन्त न्यून छ ।
– ९ वर्ष उमेर मुनीका अहिले सम्म १ जना पनि मरेकाे रिकर्ड छैन ।

अब प्रश्न छ सिनियर र वृद्व उमेरका किन मरे ?

अमेरिका, स्पेन र ईटली जस्ताे देशमा : र यि देशमा फैलियाे किन? उदाहरण स्पेनकाे हेराै ।
स्पेनमा भाईरस फैलिनुका कारण :
१- पर्यटन ।
स्पेनमा झण्डै ९ कराेड पर्यटक सालमा आउँछन। चिनियाँ मध्यमवर्गसंग आम्दानी बढे पछि युराेप घुम्ने क्रेज नै छ । हुवानवाट हुलका हुल घुम्न गए ।

२ फुटवल:- युराेपमा फुटबलकाे लिग चल्दै थियाे, फुर्सदमा भएका बुढाहरू स्टेडियम पुगे । चिनियाँहरूकाे फुटवल क्रेज पनि कम छैन । युराेपकाे फुटवल क्लबमा यिनकाे लगानी पनि छ । युवाहरू जाेगिए ईम्युनिटिकाे कारण , बुढाहरू फुटवल हेरेर एकान्तवासमा पुगे, एक्लाे घर । संक्रमित भएर ।

३- एक्लाेवास :

७० वर्ष नाघेका ३० लाख स्पेनिश एक्लै घरमा बस्छन । तिनलाई बिरामी पर्दा पानी दिने पनि काेही हुन्न । older people found dead and abonded यस्ता शिर्षकले ईटाली, स्पेन र जर्मनीका पत्रिकाकाे हेडलाईन छन । अमेरिका र बेलायतकाे पनि त्यही हाे । धेरै चाडै नेटफ्लिक्सले यस्ता एकान्तवासका मृत्युलाई लिएर फिल्म बनाउने नै छ ।

डा फर्नाण्डाे सिमेन्स यराेपियनहरू याे नाम विर्सन चाहन्छन हाेला । यिनै हुन युराेपलाई काेराेना छुदैन भनी कुर्सीमा बसी भराेसा र विश्वास दिलाउने डाक्टर । यी आफै अहिले संक्रमित छन् ।

संस्कृति : हात मिलाउने, गाला जाेड्ने र हग गर्ने । खासगरी बुढाहरू यसमा बढाे आत्मियता देखाउँछन । विचरा संस्कृति श्राप भयाे ।

PIGS . P= portugal . I= ireland. G= greece and S= spain.
यी युराेपका बिमारूदेश हुन । ईटली चीनकाे ठुलाे मदतले अर्थतन्त्र सुधार्न लागिपरेकाे थियाे । अहिले हर्जाना क्लेम गर्दैछ चीनसंग।।
यी पिग्स देशमा स्वास्थ सुविधा फ्रि छ, तर अस्पताल नै बिमार छन ।सुविधाविहिन । स्पेन र ईटलीमा त डाक्टर र हेल्थवर्करले धेरैलाई संक्रमित पारे साधन नभएर ।

नेपालले के सिक्ने ?

पर्यटन व्यवशाय भगवान भराेसा नछाेड्ने, यसवाट डलर मात्र आउँदैन । राेग,सांस्कृतिक अपचलन र सभ्यता नै धराप हुन्छ । भएका छन् ।

२-पूर्वीय सभ्यताकाे परिवारवाद मानवतासंग जाेडिन्छ, याे प्रणाली स्वतन्त्रता विराेधी हाेईन । फेमिलि सिस्टम चेन अफ कमाण्ड नभएर चेन अफ रेस्पन्सिबिलिटि हाे भनी पश्चिमाहरूलाई बुझाउन जरूरी छ ।

३- डा फर्नाण्डाे सिमन्स जस्ता गैर जिम्मेवार व्यक्ति नेपाल सरकारमा धेरै छन । यस्ता प्रवृतिलाई नहटाई देश भड्खालाेमा जाकिन्छ ।

केहीदिन अघि चिन र विश्वबैककाे अपवित्र गठबन्धनवारे मैले पाेष्ट गरेकाे थिए काेराेना भाईरसलाई लुकाउने सन्दर्भमा । त्यसमा सहमति असहमति हुन सकिन्छ । केही आपत्ति भएन । सत्य तथ्य आउँदै छन । निसन्देह चीनकाे राजनीतिक कमाण्ड सिस्टमका फायदा र बेफायदा दुवै छन , संकटमा कमाण्ड सिस्टम प्रभावकारी देखिन्छ, यसकाे पक्ष र विपक्षमा पनि तर्क छन । बाँकी पछि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिक व्यवसायी र कमिसनखोर व्यापारी घरानाको गठजोडबाट एउटा सन्तान जन्मियो, त्यो भ्रष्टाचार होइन र ?

डा. युवराज संग्रौला । १. २०२४ इ.स. ।  हरेक साल अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयका

संसदीय समिति हाम्रोविरूद्धमा हो भन्ने भ्रामक कुरा हो, त्यसैले बनाइदिऔं समिति

गणेश कार्की । सहकारीको बिषयमा सभापति रवि लामिछानेबाट हिजो फेरि पनि फेसबुकमा पोस्ट

रामराम सा

डा. गोविन्दशरण उपाध्याय । आजभोलि ‘जैश्रीराम’ शब्द निकै लोकप्रिय छ । यसको लोकप्रियता

नयाँ भनिएका दलहरु नै सत्ताको लुछाचुँडीमा लिप्त हुनु गम्भीर खतराको संकेत

डा. बाबुराम भट्टराई । केन्द्रदेखि प्रदेशहरूसम्म सदनमा रहेका सबै पुराना र नयाँ भनिएका