..अनि गयो मन्त्रीको जागिर



जेपी गुप्ता
पञ्चायती व्यवस्थाको लगभग अन्तिम बेला थियो । राजाका विकास क्षेत्रहरूको भ्रमणको बडो प्रचार गरिन्थ्यो । विकासप्रेमी भनी प्रचारिएका राजाको विकास क्षेत्रमा सशरीर उपस्थिति र योजनाहरूको अनुगमन हुनुलाई ‘भय र उपलब्धी’ को समिश्रित रूपमा हेरिन्थ्यो । दौडाहामा दरबार लाग्दथ्यो । राजा जुन दिन, जुन निकायको निरीक्षणमा सवारी हुने कार्यक्रम हुन्थ्यो सो अगावै विभागीय मन्त्रीबाट दौडाहा दरबारमा ब्रिफिङ गरिन्थ्यो । राजाको सवारी हुनुपूर्व विभागीय मन्त्री निरीक्षण स्थलमा पुगिसकेका हुन्थे ।

कुरो र सन्दर्भ राजा वीरेन्द्रको पोखरा भ्रमणको हो। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको भ्रमण निर्घारित थियो । विभागीय स्वास्थ्य मन्त्रीले अस्पतालको प्रांगणमा राजाको स्वागत गरे । राजाको सवारी चलाईयो(अस्पतालका वार्डहरूमा । तर, वार्डहरूमा बिमारीहरू देखिएनन् । सफा तथा सुग्घरी कोठाहरू थिए, ड्यूटीमा डाक्टर र नर्सहरू थिए, तर बिमारीहरू थिएनन् ।

अस्वभाविक परिस्थिति भन्ठानेर राजाबाट विभागीय स्वास्थ्य मन्त्रीलाई बिमारीहरू किन नरहेको भनी सोधनी भयो । वाकपटु थिए मन्त्री जी । उनले भने,“सरकार,यस विकास क्षेत्रमा स्वास्थ्य अवस्था बडो राम्रो छ । यहाँ धेरै बिमारीहरूनै हुँदैनन् । ग्रामीण इलाकाका प्राथमिक स्वास्थ्य केन्द्रहरूमै राम्रो सेवा उपलब्ध हुने हुनाले यस क्षेत्रीय अस्पतालमा धेरै बिमारीहरू नै आउँदैनन् जवाफ दिए ।”

डाक्टरहरू चुपचाप रहे, मन्त्रीको वाकपटुता सुनेर उनीहरू अनुहार लुकाई रहेका थिए । अचम्मित राजाले बैठक कक्षमा मन्त्रीलाई बाहिर राखेर छुट्टै डाक्टरहरूसँग सोध्दा ज्ञात भयो मन्त्रीको आदेशबाट अपरेशन गरिएका बाहेकका बिरामीहरूलाई भ्रमण अगावै डिस्चार्ज गरिएको रै’छ । दरबारका सचिवले मन्त्रीलाई काठमाडौं फर्किन भने, मन्त्री राजधानी नपुग्दै रेडियो नेपालबाट समाचार प्रसारित भयो “स्वास्थ्य मन्त्रीको राजीनामा मौसुफबाट स्वीकृत भयो” भनेर । मैले यहाँ मन्त्रीको नाम लेखिन । मेरै जिल्लाको हो, अब बुढो हुनु भो । मानिसले बिर्सीसकेको यो कुरा सम्झेर खिस्सी गर्छन् भनेर नाम नलेखेको हुँ। तर, कुरो सत्य हो ।

त्यसबेलाका यस्तै अनुभव अरूसँग पनि होला । पुरानो यो कुरालाई स्मृतिमा राखौं र अहिलेको प्रलयकारी कोरोनाभाइरसजन्य परिस्थितिका बारेमा सोचौं । सरकारमा तथ्यहरूको बोधगम्यता हुनुपर्दछ । सरकार जति खुला र पारदर्शी हुन्छ जनताले पनि सोही बाटो अपनाउने छन् । नेपालको वर्तमानमा प्रक्षेपित जनसंख्या ३ करोड नाघेको देखिन्छ ।

मार्च ३०, २०२० (भर्खरैको चैत्र १७ गते) सम्ममा हामीले कूल ९९३ जनाको स्याम्पल परीक्षण गरेका छौं । यसलाई नगण्य भन्दा नै हुन्छ । अमेरिकाको ३४ करोड जनसंख्या मध्ये मार्च २७ सम्ममा ५ लाख भन्दा बढीको संक्रमण परीक्षण गरिएको छ । सोही बेलासम्म ५ करोड जनसंख्याको दक्षिण कोरियाले ३,७६,९६१ जनाको र जर्मनीले आज १ अप्रिलसम्ममा दैनिक १ लाख जनाको संक्रमण परीक्षण गर्ने लक्ष्य राखेको छ ।

जबकी १ अर्ब २५ करोड जनसंख्याको भारतले मार्च २७ सम्ममा २६,७९८ जनाको मात्र परीक्षण गर्न भ्याएको छ । तथ्यले बताउँछ, समुन्नत राष्ट्रहरूले समेत जनसंख्याको अनुपातमा उच्च संख्यामा स्याम्पल परीक्षण गर्न सकेको छैन । तर, जति बढी स्याम्पल परीक्षण गरियो त्यतिनै बढी संक्रमण देखिने प्रवृति झल्किन्छ । यो बढी हेक्का राख्नु पर्ने बिषय हो ।

फेब्रुअरीको अन्त्य तिर, जब चीनमा यस भाइरसबाट मर्नेको संख्या ३ हजार पुग्दै थियो, सरकारका केही मन्त्रीहरूले नेपाललाई कोरोनाभाइरस मुक्त भने । खुला सिमाना र हवाईमार्ग निर्वाध रहेको समय परिस्थितिको अज्ञानतावश यसो भनेको हुनुपर्दछ । म यसको आलोचना गर्दिन । अहिले सरकार चेतेको छ । यसको संक्रमण रोक्नका लागि कटिवद्ध देखिएको छ । यसमा शंका गर्नुहुन्न ।

तर, के अहिले सरकार यसको संक्रमणको बास्तविक अवस्थाका बारेमा वाकिफ छन् त ? थोरै जनसंख्याको स्याम्पल परीक्षणबाट कुनैपनि राष्ट्र यथार्थ संक्रमणको संख्याका वारेमा जानकार हुन सक्दैन । सरकारका वारेमा प्रश्नहरू उठनु ठिकै हो । प्रश्नलाई बिरोधको रूपमा हेरिनु हुन्न । सरकार प्रश्नहरूको उत्तर दिनुमा जवाफदेहीता बुझ्न सक्नु पर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
व्यक्तित्व र व्यक्तित्व विकार

डा. गोविन्दशरण उपाध्याय । व्यक्तित्व चिन्तन, भावनात्मक प्रतिक्रिया, सम्वन्धको निर्वाह, सन्तुलित क्रियाकलाप र

कोरोनाको दोस्रो लहरको अवस्था यस्तो छ

 – डा. रवीन्द्र पाण्डे। .. – गतसाल फैलिएको महामारीभन्दा अहिलेको फरक छ ।

आक्रोशी तर विवेकी युवा नेतृत्वको अपरिहार्यता

केशवप्रसाद भट्टराई । १. नेपालको समस्या न भारत हो न अमेरिका हो, न

विवाद पर्दा धर्म सम्झौं

डा. गोविन्दशरण उपाध्याय । विवादे धर्ममनुस्मरेत् (चासू–४७०) वादविवाद वा झगडाका वखतमा धर्म सम्झनु