कास्कीको लुम्ले केन्द्रविन्दु भएर पाँच रेक्टरस्केलको भूकम्प
पोखरा । कास्कीको लुम्ले केन्द्रविन्दु भएर आइतबार साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको लुम्ले केन्द्रविन्द्र भएर ५ रेक्टरस्केलको भूकम्प गएको हो ।
केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले आइतबार साँझ ८ बजेर ४५ मिनेटमा भूकम्प गएको जानकारी दिए। उक्त भूकम्प गोरखा भूकम्पको पराकम्प हो या नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको भट्टराईले बताए।
भूकम्पको धक्का कास्की, गोरखा, तनहुँ र लमजुङमा महसुस गरिएको थियो । गोरखा भूकम्पपछि नेपालमा ४ रेक्टरस्केलभन्दा माथिका ५३८ भूकम्प गइसकेका छन् ।