जिल्ला उपसभापतिहरूको प्रशिक्षण बहिस्कार गर्ने पौडेल पक्षीय भेलाको निर्णय



काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला उपसभापतिहरूको प्रशिक्षण बहिस्कार गर्ने भएको छ । चाक्सीबारीस्थित कांग्रेस नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल समूहका उपलब्ध केन्द्रीय सदस्य र जिल्ला सभापति र उपसभापतिहरको भेलाले प्रशिक्षण बहिष्कार गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टीको १४ औं महाधिवेशन प्रभावित गर्ने उद्देश्यका साथ प्रशिक्षण कार्यक्रम राखेको निष्कर्ष निकाल्दै जिल्ला उपसभापतिहरुको भेला बहिस्कार गर्ने निर्णय लिएको नेता प्रकाशमान सिंहले जानकारी दिए । १४ औं महाधिवेशनको तिथि मिति तोकिसकेकाले पार्टीमा निर्वाचन आचारसंहिता लागू भइसकेको र महाधिवेशनलाई प्रभावित गर्ने कुनै पनि काम अब पार्टीबाट गर्नु नहुने सिंहले बताए ।

चार वर्षसम्म निष्क्रिय रहेका सभापतिले पार्टी कब्जा गर्ने रणनीतिका साथ अहिले विभागहरु गठन गर्ने, जिल्ला उपसभापतिहरुको भेला गर्न थालेको पौडेल समूहको आरोप छ । सभापति शेरबहादुर देउवाले केही दिनअघि मात्र रिक्त विभाग गठन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारको भविष्यबारे चिन्ता गर्नुपर्नेबेला भएको छैनः महासचिव पोखरेल

मलेखु (धादिङ ।  नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान सरकारको भविष्यबारेमा चिन्ता गर्नुपर्ने

संसद्का कर्मचारीका माग सम्बोधन गराउन पहल गर्ने निर्णय

  काठमाडौँ । सङ्घीय संसद् सचिवालयका कर्मचारीको सेवा सुविधासम्बन्धी उचित माग सम्बोधन गर्न

पार्टीभित्र विचारको कुनै मतभेद नभएको अध्यक्ष नेपालको दाबी

काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र विचारको कुनै मतभेद नरहेको

अहिले जनतामा डगमगाउन खोजेको जनविश्वासलाई सबल र सुदृढ तुल्याएर अघि जानुपर्छ

काठमाडौँ । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्र भनेको प्रवचन र भाषण नभई दैनिक विधि