असिनाले डोटीको हिउँदेबालीमा ठूलो क्षति



डोटी । डोटीको पूर्वीचौकीमा शनिबार साँझ परेको असिनाले खेतबारीमा लगाइएको गहुँ, जौँ, तोरी तथा तरकारी बालीलगायत अन्य बालीमा ठूलो मात्रामा नोक्सानी पुर्याएको छ ।

पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले साँझ एकाएक परेको असिनाले यहाँका गहुँ, जौँ, तोरी र तरकारीबाली पूरै सखाप पारेको जानकारी दिए ।

असिनाले पाकेर भित्राउनै लागेको हिउँदे बालीमा नोक्सान गरेपछि त्यहाँका किसान चिन्तामा परेका छन् । जिल्लाका लेकाली क्षेत्रमा ती खेतीको भरमा आश्रित किसान असिनापानीले फुलेको तोरी र पाक्नै लागेको गहुँ, जौँखेतीमा क्षति पुर्याएपछि निरास भएका छन् ।

गत महिना बाक्लो हिमपात भएका कारण गहुँ, जौँलागयतका अन्य बाली सप्रिने आशामा खुशी भएका यहाँका किसान शनिबार परेको असिनाले पाक्नै लागेको खाद्यान्न बालीमा क्षति पुर्याएपछि निरास भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालको इन्जिनियरिङ्ग पढाई एशियाकै उत्कृष्ट

काठमाण्डाै, १२ कक्षाको परीक्षा दिएर इन्जिनियरिङ्ग विषयमा उच्च शिक्षा हासिल गर्नको लागि विद्यार्थीहरु के

कृष्णभक्त राईको काँडा जति…’ भिडियोसहित)

गायक तथा सङ्गीतकार कृष्णभक्त राई नयाँ गीत लिएर श्रोतामाझ आएका छन् । गीतकार

स्मिता दाहालको ‘मालिंगो'(भिडियोसहित)

गायिका स्मीता दाहालको नयाँ ‘श्रव्य दृश्य’ सङ्ग्रह सार्वजनिक भएको छ । आफैँले गाएको

प्रिती आले र दुर्गा बिरहीको ‘सुन्तली रत्यौली'(भिडियोसहित)

लोक दोहोरी गायक तथा मोडल दुर्गा बिरहीको “सुन्तली रत्यौली” बोलको गीत सार्वजनिक भएको