‘कोरोना संक्रमण: बोल्ड डिसिजन गरौँ’



१. भिजिट नेपाल १ बर्ष सारौँ | भिजिट नेपाल २०२१ मा राखौं | कोरोना नियन्त्रण हुन, मान्छेको मनबाट त्रास हट्न यो बर्ष पुरै लाग्छ | अन्य देशले पर्यटकलाई भिसा नदिने नीति अबलम्बन गरेका छौं, हामीहरुले कोरोना क्लस्टरमा गएर नेपाल घुम्न आउ भनिरहेका छौं | कोरोना संक्रमण तथा त्रासको कारण व्यक्तिको समेत आर्थिक अवस्था चौपट छ | घुम्न आएपनि ती पर्यटकले खर्च गर्न सक्दैनन् | हाम्रो अभिष्ट पुरा हुँदैन |
२. WHO ले नेपाललाई कोरोनाको ठूलो जोखिम देशमा राखेको छ | कोरोना भित्रियो भने पशुपतिनाथको पुजा गर्नु बाहेक सरकारको तयारी केहि पनि छैन | यो तथ्य हाम्रो सरकारले नबुझेपनि WHO ले बुझेको रहेछ |
३. साउदीले त हजको लागि भिसा बन्द गर्ने निर्णय गर्यो भने हामीले फ्लिम हल पनि बन्द गर्न सकेका छौनौं | फ्लिमहल, ठूला सपिंग मल, सार्वजनिक यातायात लगायत भीडभाड हुने केन्द्रलाई बन्द गर्नु अनिबार्य छ | उल्टो हामीहरु स्कुलबाट फिलिम हेर्न सबै बिधार्थी लाने गरेका छौं | त्यो पैसा बरु चन्दा दिंदा राम्रो हुन्छ |
४. स्कुल तथा कलेजहरुले बार्षिक परीक्षा अघिं सारेर वा पढाइ बन्द गरेर परीक्षा मात्र लिंदा उपयुक्त हुन्छ |
५. अस्पतालहरुमा रुघाखोकी, ज्वरोको लागि छुट्टै इमर्जेन्सी वार्ड, ओपिडी,बेड, आइसीयु, प्रयोगशाला राखौं | अरु रोगको लागि त्यसको बिपरित दिशामा ब्यबस्था गरौँ | अस्पताल सरुवा रोगको ठूलो कारक तत्व हो | यो तथ्य मनन् गरौँ |
६. अभिभावकले रुघाखोकी, ज्वरो तथा सास फेर्न गाह्रो भएको व्यक्तिलाई सुरुमा अस्पताल नलगौं | घरायसी उपचारले निको नभएमात्र अस्पताल लैजाऔं | राम्रो प्रयोगशाला भएको, ठूलो स्पेस भएको, बेड तथा आइसीयु भएको हस्पिटलमा लैजाने गरौँ |
७. क्वारेन्टाइन तथा आइसोलेसन वार्डलाई बस्ती बाहिर टहरामा कोठा बनाएर राख्ने ब्यबस्था गरौँ | ५००० सुरक्षाकर्मी खटाउने हो भने ७ दिनमा १००० बेडको फलाम र प्रिफ्याबको केन्द्र बनाउन सम्भव छ |
८. सम्भावित औषधि, पानी, खाध्य पदार्थ, मास्क, निस्संक्रमण रसायन, मास्क, ग्लोभ, स्वास्थ्यकर्मीको लागि बिशेष गाउन ….सरकारले ३-४ महिनाको लागि जोहो गरोस |
९. एयरपोर्टमा थर्मल स्क्यानर राखेर मात्र हुँदैन | जहाज अवतरण गर्ने बेलामा सिटामोल खाएमा तापक्रम देखिदैन | ज्वरो मात्र कोरोनाको मुख्य इन्डिकेटर हैन | तसर्थ एयरपोर्टमा सुविधासम्पन्न प्रयोशाला, अटेरिको लागि सुरक्षाकर्मी, एम्बुलेन्स, अस्पतालमा सुरक्षाकर्मीको ब्यबस्था आदि कडाइका साथ गर्नुपर्छ |
१०. मनोचिकित्सक, परामर्शदाता, साइकोथेरापिस्ट तथा अन्य स्वास्थ्यकर्मीलाई तालिम / गाइडलाइन, साधन उपलब्ध गराएर तम्तयार रुपमा राख्नुपर्छ |

 ( डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ )
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोशी प्रदेशको स्वास्थ्य क्षेत्रमा  तीन अर्ब ५८ करोड बजेट विनियोजन

  झापा ।  कोशी प्रदेश सरकारले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ भन्ने नारासहित

बजेट अभावका कारण क्यान्सर अस्पताल सञ्चालनमा कठिनाइ

चितवन । स्थापनाको २७ वर्षपछि एक सय शय्याबाट चार सय ५० शय्यामा स्तरोन्नति

७१ जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण

  काठमाडौँ । डेङ्गु रोगको सङ्क्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत

कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चन

  काठमाडौँ । कुमारीलाई जीवित देवीको मान्यता दिइन्छ । निश्चित समय मन्दिरमा बसेपछि