चीनबाट उद्धार गरी भक्तपुरको क्वारेन्टाइनमा राखिएका नेपालीलाई केही दिनमा घर पठाइने



भक्तपुर । सरकारले कोरोना भाइरसविरुद्धको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरी यही फागुन ४ गते भक्तपुरको क्वारेन्टाइनमा राखिएका १९३ नेपालीलाई १७आँै दिनमा घर फर्काइने भएको छ । खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १७५ र नगरकोटको खानेपानी तालीम केन्द्रको क्वारेन्टाइनमा राखिएका नेपाली लिन चीन गएको नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाले शुक्रबार १३ दिन सफल रुपमा पार गरेका छन् ।

यसअघि ४ गते नै उनीहरुको नाक र घाँटीको स्वाब (सास) नमूना सङ्कलन गरी परीक्षणपछि आएको रिपोर्टमा कसैमा पनि कोरोनाको सङ्क्रमण नदेखिएको र अन्तिम पटक शनिबार फेरि सबैको नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरि परीक्षण गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । शनिबार शुरुमा नगरकोटमा रहेका १८ जनाको बिहान आठ बजे र त्यसपछि त्यही टोलीले ११ बजेसम्ममा खरिपाटीमा रहेका १७५ जनाको नाक र घाँटीबाट स्वाबको नमूना सङ्कलन गरिने मन्त्रालयले जनाएको छ ।

शुरुको दिन गरेको स्वाब परीक्षणदेखि हालसम्म दैनिक दुईपटक भएको ज्वरो नापमा कसैमा पनि कोरोनाको लक्षण नदेखिएको क्वारेन्टाइनमा स्वास्थ्य परीक्षणमा खटिएका नेपाली सेनाका क्याप्टेन डा नवीन फुयाँलले जानकारी दिए । यहाँ स्वास्थ्य परामर्श पनि भइरहेको र कसैलाई पनि कोरोना भाइरसको कुनै पनि लक्षण नदेखिएको जानकारी दिँदै उनले शनिबार सङ्कलन गरिने स्वाबको राष्ट्रिय प्रयोगशालामा परीक्षण गरी आउने रिपोर्टमा नेगेटिभ देखिए क्वारेन्टाइनमा रहेका सबैलाई घर फर्काइने भएको हो ।

शनिबार सङ्कलन गरिने र्याल नमूना परीक्षणको रिपोर्ट १७ गतेसम्म आउने र ढिलोमा १८ गतेसम्ममा उनीहरुलाई घर फर्काइने भएको छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार पहिलो परीक्षण गरिएको दुई हप्तापछि दोस्रोपटक फेरि स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रावधानअनुसार नै शनिबार परीक्षण हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वको सर्वोच्च शिखर सगरमाथासँगै वैदिक चेतना ‘महायोग’सम्मको उद्गम थलो नेपाल

शैलेन्द्र कुमार श्रेष्ठ जब मानवता अध्यात्मबाट विमुख हुँदै जान्छ, तब एक आध्यात्मिक जागरणको

नेपाल छिट्टै सनातन हिन्दु राष्ट्र घोषणा हुन्छ, अयोध्याबाट कांग्रेस प्रवक्ता डा. महतको उद्घोष

अयोध्या, भारत । श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष महन्त नृत्य गोपाल दासजीको

अयोध्यामा महायोगी सिद्धबाबाको आतिथ्यतामा भइरहेको सत्सङ्गमा योगी आदित्यनाथको उपस्थिति

अयोध्या, भारत । अयोध्याको पवित्र भूमिमा हाल जारी दीव्य सत्सङ्ग महोत्सवले नेपाल-भारतबीचको आध्यात्मिक

अयोध्यामा जारी सत्सङ्गमा सशस्त्रका पूर्व प्रमुखद्वारा भारतवासीलाई नेपाल दर्शनको निमन्त्रणा

अयोध्या, भारत – श्रीराम जन्मभूमि अयोध्यास्थित श्री मणिराम दास छावनीमा जारी श्रीराम कथा