‘भ्रष्टाचारका बारेमा नेकपा कांग्रेस जस्तो दुई मापदण्ड बोकेर हिँड्दैन’



ऐन महर, अध्यक्ष, अनेरास्ववियू

मुलुकलाइ माया गर्ने, यो मुलुक थितिले चलोस् भन्ने ठान्ने जोकोही नागरिकले भ्रष्टाचारको बिरोध गर्नु पर्छ, भ्रष्टाचारीलाई घृणा गर्नु पर्छ । भ्रष्टाचार गर्नेको अनुहार कस्तो छ भनेर छुट्याइ छुट्याइ बहस गर्ने हो भने त्यस्तो नागरिक, नेता, कार्यकर्ता आफै भ्रष्टाचारको मतियार हो, केवल आफूले वा आफूले रुचाएकाले मात्र भ्रष्टाचार गर्ने हैसियत राख्छ अरुले राख्दैन भन्ने हो ।

यतिबेला संसदमा भ्रष्टाचार सम्बन्धको अडियो कान्ड चर्चामा छ । ओली सरकारकै पालामा अनियमिततामा मुछिएका, नैतिकतामा प्रश्न उठाइएका पूर्वउपप्रम, पूर्वमन्त्री, सभामुख, न्यायाधीस, प्रदेशमन्त्री, बहालवाला सांसद, पूर्वअख्तियार प्रमुख, अख्तियार आयुक्त, अर्बौं भ्याट र कर छलेका ठूला व्यापारी र उद्योगपति, सदियौंदेखि सुन तस्करी गर्ने माफियाहरु (एकजना नेका नेता समेत) लाई कारबाही गरिएका छन्, मुद्दा चलाइएको छ। कोही जेलमा छन् । यी मध्ये कोही आफ्नै पार्टीका नेता वा समर्थक पनि छन्, कोही अन्य पनि छन् । देखिएका र भेटिएकालाई राटो नछोडी कारबाही प्रकृया अघि बढाइएका छन् ।

यति बेला कांग्रेस संसदमा अडियो कान्डको खुब मच्चीमच्ची बिरोध गरिरहेको छ । कांग्रेस यसरी भ्रष्टाचारको बिरोधमा खडा हुँदा बिछट्टै खुसी लागेको छ, तर अचम्म पनि लागेको छ । कांग्रेसका नेता जयप्रसाद गुप्ता, चिरिञ्जीवी वाग्ले, खुमबहादुर खड्का, गोविन्दराज जोशी, विजय गच्छदारहरु भ्रष्टाचारमा मुछिँदा कांग्रेस बैठक बसेर औपचारिक रुपमा बचाउमा निर्णय गर्छ । भातृ संगठनहरुलाइ सडकमा प्रतिवाद गर्न उतार्छ । जेलबाट छुटेका खुमबहादुरलाइ ११० किलोको माला उनेर स्वागत गर्न पुग्छ । बिरामी हुँदा राज्यकोषबाट ३५ लाख सहयोग दिन्छ । कांग्रेस बडो बिचित्रको छ माछा देखे दुलो भित्र हात, सर्प देखे दुलो बाहिर हात ।

देशमा फट्याङ्ग्रा मर्यो भनेपनि प्रधानमन्त्रीको जवाफ खोज्ने माननीय गगन थापाको कुरो त झन् बिचित्र छ । सधैं पारदर्शिताको, भ्रष्टाचारको, सुशासनको कुरो उठाउने गगन थापाले सांसद हुँदै लगेको ६ करोडको अनुदानका बिषयमा देशैभरी कुरा उठ्यो । तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटाको बिषयमा प्रश्न आएको १८ घन्टा नबित्दै मन्त्रीपदबाट नैतिकताका आधारमा राजिनामा गर्न लगाउने प्रम ओलीको राजीनामा माग्ने गगन थापाले जनतालाई ६ करोडको खसीबाख्रा देखाउँनु पर्दैन? उनी स्वास्थ्य मन्त्री हुँदा वीर अस्पतालको लागी ६ अर्बमा खरीद गरिएको स्वास्थ्य उपकरणमा २ अर्ब घोटाला भएको भन्ने छ ।

महालेखा परीक्षकले समेत बेरुजु देखाएको छ जवाफ दिनु पर्दैन माननीय गगन थापा? बिपी कोइराला बिज्ञान प्रतिष्ठानको कुलपति लगायतका पदाधिकारी नियुक्ति गर्दा १० करोड भ्रष्टाचार भएको भन्ने बिषय जताततै छरपष्ट आयो । कुलपति आफै पनि भ्रष्टाचारमा जाकिएका छन्, माननीय गगन थापाले जवाफ दिने हिम्मत गर्नु पर्दैन? आफ्ना नेता भ्रष्टाचारमा परे हाम्रा नेता फसाइयो भनेर बिरोधमा संसद चल्न नदिने, अरु नेतामा भ्रष्टाचारको गन्ध आयो भने कारबाहीको प्रकृया अघि बढाउँदा पनि प्रश्न गर्ने, संसद अवरोध गर्ने । आफ्ना नेता जेल परे सडकमा ढुङ्गा हान्न आउने, जेलबाट छुटे ११० किलोको माला बोकेर जेलको गेटमा पुग्ने माननीय गगन थापा ! नेकपा यस्ता दुई मापदन्ड बोकेर हिँड्दैन । भ्रष्टाचारमा निर्मम प्रस्तुत हुन्छ राटो नबिराइकन । कांग्रेसलाइ पनि भ्रष्टाचार प्रतिरोधमा निरपेक्ष बनाउनुस् । आफ्नो अनुहारमा पोतिएको कालोलाई सेतो देख्ने, अरुका अनुहारमा दाग देखे सिंगो जीउ कालो देखें भन्ने चेतले भ्रष्टाचार निर्मुल हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीज्यूको सुशासनको हुटहुटी यसले पनि पुष्टि हुने नै छ

शारदाप्रसाद त्रिताल । महालेखा परीक्षकलगायत केही संवैधानिक पदाधिकारीको नियुक्तिको लागि सिफारिस गर्न १९

एकपटक विचार गरौँ त ?

डा. गोविन्दशरण उपाध्याय । मलेसिया एउटा मुस्लिम राष्ट्र हो जहाँ हरेक पांच वर्षमा

हाम्रो कर प्रणालीकाबारेमा कहिलेसम्म मौन बस्ने ?

डा. युवराज संग्रौला । धेरै नेपालीमा एउटा रोग छ, त्यो हो समस्या नोखोतल्ने

धर्मनिरपेक्षताको दर्शन र नेपाल

डा. गोविन्दशरण उपाध्याय । १. धर्म निरपेक्षता कि पन्थ निरपेक्षता भारतीय संविधानको प्रस्तावनामा