अमेरिकाले पनि एमसिसीलाई बाइबल हो भन्ने कुरा होइनः प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने बताएका छन् । चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले एमसिसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताएका हुन् ।

शुक्रबार एमसिसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले प्रतिवेदन पेस गरेको बताउँदै यस विषयमा विस्तृत अध्ययन गरी परिमार्जनसहित अनुमोदन हुने विश्वास उनले व्यक्त गरे । उनले भने, “एमसिसी कुनै बाइवल होइन यसलाई परिमार्जन गरेर अघि बढाइनेछ”, प्रधानमन्त्रीले यस विषयमा अमेरिकी सरकारसँग पनि कुरा गरिसक्नुभएको उनले जानकारी दिए ।

अध्यक्ष प्रचण्डले सरकारको कामका विषयमा आजदेखि शुुरु हुने सचिवालय बैठकले समीक्षा गर्ने बताए । वर्तमान सरकारले गरेका धेरै राम्रा कामहरुलाई पनि केही नराम्रा कामले छोपेको भन्दै उनले यस विषयमा समीक्षा गरेर अघि बढ्ने बताए । फरक प्रसङ्गमा उनले नेकपाभित्र आन्तरिक विवाद नरहेको बताए । उनले पार्टी नेता गोकुल बास्कोटाको अडियो टेपका बारेमा उहाँले मन्त्रीबाट राजीनामादिइसक्नु भएको र बाँकी विषय अनुसन्धान गर्ने निकायले अनुसन्धान गर्ने बताए । प्रचण्डले विप्लव समूहलाई वार्तामा आई यही संविधानबाट समाधान निकाल्न आह्वान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म ब्रिटिसगोर्खाले त्यहाँका सैनिक सरह सेवा सुविधा पाउनुपर्छ भन्नेमा स्पष्ट छुः सभापति देउवा

ललिततपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ब्रिटिसगोर्खा सैनिकको इतिहास गर्व गर्न लायक

अहिलेको व्यवस्थालाई ठिक भन्ने मान्छे पो खराब हुन्ः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको प्रणाली परिवर्तन आवश्यक रहेको

संसदमा रास्वपाको रोचकः सत्तापक्षका सांसद बोल्दा बाहिरिने, प्रतिपक्षको पालो आउँदा भित्रिने

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल जारी छ । सत्तापक्षका सांसदलाई विधेयकका विविध

युवा पलायन रोक्न के गर्न सकिन्छ ?

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्का उदयपुर निर्वाचन क्षेत्र नं