सरकारको काममा बाधा अवरोध सृजना गरियोः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बदल्ने अठोटका साथ अघि बढिरहँदा नकारात्मक प्रवृतिको सामना गर्नुपरेको बताएका छन् । ७० औं प्रजातन्त्र दिवसका अवसरमा बुधबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रको आभास जनस्तरसम्म विस्तार गर्ने क्रममा सरकार लागिरहेका बेला अवरोध सृजना भएको बताएका हुन् ।

उनले विकास निर्माणमा बाधा हाल्ने तथा वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने काम भएको भन्दै त्यस्ता प्रयासलाई पराजित गर्नुपर्ने बताए । प्रधानमन्त्रीले नेपाललाई सन् २०३० भित्रमा दिगो विकासका लक्ष्यहरु हासिल गर्ने अठोट गरे ।

उनले भने,‘हामी सन् २०२२ सम्ममा नेपालाई अति कम विकसित मुलुकको स्तरबाट स्तारोन्नति गर्ने र सन् २०३० भित्र दिगो विकासका लक्षहरु हासिल गर्ने अभियानमा छौं ।’ सरकारले गर्नुपर्ने कामहरुको सूची लामो भएकाले सरकार समृद्धिको यात्रामा लागेको उल्लेख गर्दै प्रधानमन्त्रीले सरकारले केही काम सुरु गरेको, केही गर्ने क्रममा रहेका र केही सम्पन्न भइसकेका बताए ।

उनले सरकार बिल्कुलै नयाँ राज्य प्रणालीको अभ्यासमा रहेकाले बदलिएको प्रणालीलाई हिंडाउन चुनौतिपूर्ण रहेको बताए । प्रधानमन्त्रीले जन्मसिद्ध श्रेष्ठताको शासन प्रणालीलाई अन्त्य गरिएको र अब समृद्ध नेपालको निर्माणमा योगदान गर्नुको बिकल्प नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुस्ताङको कोरालानाका पूर्ण सञ्चालनमा ल्याइनेछः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोरालानाका पूर्ण

कस्तो रह्यो परराष्ट्रमन्त्रीको एक वर्ष ?

काठमाडौं । परराष्ट्र मन्त्रालयमा डा आरजु राणा देउवाले कार्यजिम्मेवारी सम्हालेको मंगलबार एकवर्ष पुगेको

आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा मन्त्री प्रधानमन्त्रीसँग मिठा गरेर मन्त्रिपरिषदमा भाग लिन्छन्ः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्

आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक