यस्तो भेलेन्टाइनबाट जोगिनुपर्छ



डा. गोविन्दशरण उपाध्याय ।

जोगिनुपर्छ !!
एस्तो भेलेन्टाइनबाट जोगिनुपर्छ | आफु पनि जोगिऔ, अरूलाई अनि जोगाऔं | प्रेम र वासनाको फरक बुझौं | विवाह पछि पनि वासना भन्दा प्रेमको बढी मूल्य हुनुपर्छ | विवाहित पतिपत्नीमा वासनामय प्रेम हुनु प्राकृतिक हो | विवाहसम्म धैर्य गर्न सिकौं |

प्रेम गर्नेहरू लुक्दैनन् | विश्वको पहिलो प्रेम-पत्र श्री रुक्मणीले श्रीकृष्णलाई लेख्नुभएको थियो र त्यो प्रेम-पत्र एउटा ब्राह्मणले श्रीकृष्ण समक्ष पुर्याएका थिए | तेहा वासना होइन, विशुद्ध प्रेमको अभिव्यक्ति छ | श्रीमद्भागवत १० सौं स्कन्धको ५२ अध्यायबाट ३७ देखि ४३ श्लोकहरू पढ्न अनुरोध गर्छु |

सेक्सनै प्रेम हो भन्ने भ्रममा पर्नेहरू धेरै छन् | वासना महत्वपूर्ण छ तर विना वासना (सेक्स) प्रेम हुनैसक्दैन भन्नेहरू अनुचित छन् | विवाहित पतिपत्नीले एकआपसको पूर्णसहमतिमा यौनक्रिडाको अनुमति वैदिकशास्त्रहरूले दिएका छन् |

सेक्स जीवनको यथार्थ हो | हामी सबैको शरीर नै हाम्रा मातापिता बीचको यौन-प्रमाण हो | वैदिक संस्कृतिका जति एसको महत्व अरू कुनै संस्कृतिमा छैन | ऋषि वात्स्यायनले काम-सूत्रका माध्यमबाट एसलाई ब्यबस्थित मात्र गरेका छैनन् अपितु तेस्रो पुरुषार्थमा स्थान दिएका छन् | पश्चिमाहरूको नक्कल गर्दै यौन अराजकतालाई महत्व दिनु महाभूल हो |

भगवान् शिव-पार्वती, राजा नल-दमयन्ती, शची-इंद्रआदिमा प्रेम थियो तर वासना थिएन | शिवजीले कामदेवलाई भष्म पारेको सुनेर पार्वतीले “मैले शिवको शरीरसंग होइन उहाँको नित्य स्वरूपसंग प्रेम गरेकी हुँ” भन्ने जवाफ दिएकी थिइन् | काम-वासना सृष्टि चक्रको निरन्तरताको लागि हो तर प्रेम विश्वको पालनका लागि हो |

हामी मध्ये सबैका मातापिताहरू बीच पनि प्रेम थियो र हामी जन्मन सक्यौं | तर उहाँहरूले कहिले पनि भेलेन्टाइन-डे मनाएका थिएनन् | हामीलाई जन्माउन भेलेन्टाइन आवश्यकता परेन | भेलेन्टाइन-डे मा प्रेम-प्रकट गर्नेहरूको दोस्रोपटक भेलेन्टाइन-डे को-संग हुन्छ ? उनीहरूलाई नै थाहा हुँदैन | आफ्नो संस्कृति, परम्परा तथा मान्यताअनुसार प्रेम गर्नेहरूको दाम्पत्य जीवन देखेर भेलेन्टाइन-डे मान्ने पश्चिमाहरू डाह गर्छन् |

प्रेम गर्नुस्, फूल दिनुस्, उपहार साटासाट गर्नुस्, माया-प्रेमका कुरा गर्नुस् तर प्रेमका नाममा अर्काको शरीर भोग्ने/भोगाउनेहरूसंग जोगिनुहोस् | प्रेम गर्नेले शरीर खोज्दैछन् – एत्ति बुझ्नुहोस् | विवाहितको प्रेम आजमात्र होइन हरेक पल रहिरहनुपर्छ |तेसका लागि १ वर्ष कुर्नु पर्दैन |

खासगरी युवापुस्ताहरूलाई भन्न चाहन्छु, प्रेम गर्नुस् किनभने प्रेम प्राकृतिक संवेग हो | आमा, बाबु, दाजुभाई, दिदीबहिनी, काकाकाकी, इष्टमित्र सबैसंग प्रेम हुनुपर्छ | तर ठूलाठूलाठूला कम्पनीहरूको सेक्स-मार्केटिंगको जालोमा परेर विवाहपूर्व जेलझालपूर्ण सेक्स-सम्बन्धको ब्लेक-मेलिंगबाट जोगिनुहोस् | विवाहपछि दाम्पत्य जीवनमा सेक्स आउने नै छ |

असल कुरा विश्वभरीबाट सिक्नुपर्छ | यदि भेलेन्टाइन-डे ले विवाहित वीच प्रेम वर्धन गर्न सघाउँछ भने अनुसरण गर्नु अनुचित हुँदैन | पश्चिमाहरूले भन्दा पनि बढी तम्सिएर भेलेन्टाइन-डे खेल्नेहरूले आफैसंग, आफ्नो भविष्यसंग खेलवाड गरिरहेका हुन्छन् | अर्काको नक्कल गर्दा आजका दिन धेरै किशोरीहरू ब्याक-म्यालिंगमा परेर बलात्कृत हुन्छन् | मैले काउन्सेलिंग गर्ने क्रममा एस्ता धेरै “केस” डिल गरेको छु |

भेलेन्टाइन-डे को अवसर पारेर भावनात्मक ब्लेक-मेलिंगमा परेर शारीरिक सम्बन्ध बनाएका वा स्वेच्छाले बलत्कार हुन स्वीकार गरेका युवायुवतिहरूमा जीवन भरी शंका गर्ने, डराउने तथा स्त्री वा पुरुषमा विश्वास गर्न नसक्ने तथा सेक्स-प्रति असाधारण विचार राख्ने जस्ता मनोबैज्ञानिक समस्याहरू विकसित हुन्छन् | आफ्नो सांस्कृतिक तथा सामाजिक मान्यताको सम्मान गरौँ | अति गरे खति हुन्छ भन्ने कहिले पनि नविर्सौं |

यदि भेलेन्टाइन-डे मनाउंदै हुनुहुन्छ भने पनि शारीरिक सम्वन्ध बनाउने प्रस्तावलाई दृढतापूर्वक “नाई” भन्नुस् | एसो गर्दा तपाईं, तपाइँको परिवार तथा समाजको भलो हुन्छ | यदि तपाईंको प्रेमीले “नाई”को सम्मान गर्न सक्दैन भने ऊ तपाईंसंग होइन तपाईंको शरीरसंग प्रेम गर्छ भनेर बुझ्नुहोस् र आफ्नो बाटो लाग्नुस् |

प्रेम त फल्न, फुल्न र विस्तार हुनुपर्छ तर वासना सीमित भएको राम्रो | भेलेन्टाइन-डे का दिन विक्ने कण्डमहरूले कण्डम-निर्माता कम्पनी मालामाल हुन्छन् तर विशुद्ध प्रेम गर्नेहरूप्रति ठूलो अपमान हुन्छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिक व्यवसायी र कमिसनखोर व्यापारी घरानाको गठजोडबाट एउटा सन्तान जन्मियो, त्यो भ्रष्टाचार होइन र ?

डा. युवराज संग्रौला । १. २०२४ इ.स. ।  हरेक साल अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयका

संसदीय समिति हाम्रोविरूद्धमा हो भन्ने भ्रामक कुरा हो, त्यसैले बनाइदिऔं समिति

गणेश कार्की । सहकारीको बिषयमा सभापति रवि लामिछानेबाट हिजो फेरि पनि फेसबुकमा पोस्ट

रामराम सा

डा. गोविन्दशरण उपाध्याय । आजभोलि ‘जैश्रीराम’ शब्द निकै लोकप्रिय छ । यसको लोकप्रियता

नयाँ भनिएका दलहरु नै सत्ताको लुछाचुँडीमा लिप्त हुनु गम्भीर खतराको संकेत

डा. बाबुराम भट्टराई । केन्द्रदेखि प्रदेशहरूसम्म सदनमा रहेका सबै पुराना र नयाँ भनिएका