केन्द्रीय समितिको बैठकमा सामूहिकता र अन्तर्घुलनको नयाँ ‘फ्युजन’ भयोः प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकमा सामूहिकता र अन्तर्घुलनको एउटा नयाँ ‘फ्युजन’ प्रस्तुत भएको बताएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको केन्द्रीय समितिको सपथ ग्रहण तथा एकताको प्रथम बैठकलाई शुक्रबार सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले केन्द्रीय समितिको बैठकमा एकरुपता कायम भएर अभियानात्मक रुपमा अगाडि बढेको स्पष्ट पारे ।

प्रचण्डले अहिले बेस्सरी गर्यौं भने पनि जताततै देखिएको निराशाले यहाँ केही चिज ठीक नभइरहेको देखाएको बताए । उनले भने, ‘हामीले भन्न त भनेका छौं भ्रष्टाचार गर्दैनौं र गर्न पनि दिँदैनौं, यो घोषणा आफैंमा राम्रो कुरा हुँदै हो । तर राज्यको समग्र व्यवहारमा स्थानीय तहदेखि संघसम्म भ्रष्टाचार रोकिन थालेको छ भन्ने अनुभूति जनताले गरे कि गरेनन् भन्यो भने ग्राफचाहिँ राम्रो आउँदैन ।’

अध्यक्ष प्रचण्डले कर प्रणाली जनताको पक्षमा भन्दा जनताको विरोधीको पक्षमा हुन थाल्यो कि क्या हो भन्ने जस्तो देखिएको बताए । उनले भने, ‘जसलाई उत्थान गर्नुपर्ने हो त्यसलाई सुविधा दिनतिर केन्द्रित भयौं कि त्यसले झन् असुविधा महसुस गरेर कता–कता उकुसमुकुस भएजस्तो स्थिति छ ।’

उनले राज्यमाथि मध्यम वर्गको प्रभाव र हस्तक्षेप बढाएर लैजान र तल्लो वर्गलाई परिवर्तनको प्रतिफल पुग्यो भन्ने अनुभूत गराउन तर्फ उद्योग व्यवसायीको ध्यान जान जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशमा बन्यो १४ सदस्यीय मन्त्रिपरिषद, थप चार मन्त्रीले लिए शपथ

बागमती । बागमती प्रदेशमा नेपाली कांग्रेसका थपचार मन्त्रीले शपथ लिएका छन् । शनिबार

सरकारलाई असफल हुने छुट छैनः सञ्चारमन्त्री गुरुङ

  गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने

मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले लिए शपथ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले लि काठमाडौँ । राष्ट्रिय योजना आयोगका नवनियुक्त