सूचना प्रविधि विधेयकविरुद्ध कांग्रेसले बुझायो सरकारलाई विरोधपत्र



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयक र नेपाल विशेष सेवा गठन र सञ्चालन सम्बन्धी कानुन विरुद्ध देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत् आइतबार सरकारलाई विरोधपत्र बुझाएको छ ।

७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् विधेयक सच्याउन माग गर्दै कांग्रेसले सरकारलाई विरोधपत्र बुझाएको हो । केन्द्रीय कार्यसमितिले तय गरेको मितिमा विरोध पत्र बुझाउन असम्भव भएपछि शुक्रबार बसेको संसदीय दलको बैठकले आइतबार बुझाउने निर्णय गरेको थियो ।

काठमाडौं जिल्ला कार्यसमितिले भने साढे १२ बजे माइतीघर मण्डलामा जम्मा भएर र्यालीसहित विरोधपत्र बुझाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दुई विधेयकमा संविधानप्रदत्त नागरिक अधिकार हनन हुने खालका प्रावधान राखिएकाले सच्याउन माग गर्दै विरोधपत्र बुझाएको जानकारी दिए । विरोधपत्रमा संविधानविपरीतका अन्य गतिविधि पनि सच्याउन माग गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फागुन १ गतेदेखि गोपीकृष्ण सिनेमा हल बन्द हुने

काठमाडौं । २०५२ सालदेखि सञ्चालनमा आएको काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण मुभिज् आगामी फागुन १

कीर्तिमानी हरि बुढामगरलाई विद्यार्थीहरुका माझमा डिक्यानद्वारा बधाई तथा सम्मान

काठमाण्डाै, दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगरलाई डिफेन्स करिअर एकेडेमी नेपाल(डिक्यान)ले

के हो सुन्दरता ?

भेषराज कार्की, काठमाडौँ । सुन्दरता के हो ? बाहिरी जरुरी छ कि भित्री

‘दुई कदम’को मुस्ताङमा छायाँकन हुँदै

काठमाडौं । उदय सुब्बाको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘दुई कदम’को छायाँकन यतिवेला धमाधम