घुस मागेको आरोप पुष्टि गर्न चिकित्सा आयोगका उपाध्यक्ष गिरीको चुनौति



काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले विएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशकसँग आफूाले घुस मागेको आरोपको पुस्ट्याई गर्न चुनौति दिएका छन् ।

उपाध्यक्ष गिरीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी घुस मागेको आरोप पुष्टि गर्न चुनौति दिएका हुन् । उनले आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै कानूनी उपचारमा जाने बताए ।

उनले आफूमाथि लगाएको आरोप संचारमाध्यममा आउँदा आश्चार्यमा परेको भन्दै कपोलकल्पित आरोप लगाइएको बताए । आयोगका उपाध्यक्ष गिरीले आफु १५ मंसिरमा द्धारिकाज होटलमा नगएको र प्रसाइसँग भेट नभएको दाबी गरे ।

विएण्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बुधबार पत्रकार सम्मेलन गरी मेडिकल कलेजलाई सम्बन्धन दिन उपाध्यक्ष गिरीले २० करोड रुपैयाँ अथवा १० प्रतिशत शेयर घुस मागेको आरोप लगाएका थिए ।

बिएण्डसी मेडिकल कलेजको सम्बन्धन दिन उपाध्यक्ष गिरीले २० करोड घुस मागेः दुर्गा प्रसाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सधैँभरि समस्या बल्झाएर राखेर हुन्न, शिक्षकका समस्या समाधान हुने गरी विधेयक पारित गर्नुपर्छः सभापति देउवा

  काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामुदायिक विद्यालयका शिक्षक–कर्मचारी र सरोकारवालाका

अनि सुते राहत शिक्षक सडकमै

काठमाडौं । आन्दोलनरत राहत शिक्षकहरूले सोमबार सडकमा सुतेर विरोध गरेका छन् । आन्दोलनमा

शिक्षकहरुको दरबन्दी मिलान गर्दै काठमाडौं महानगर

काठमाडौँ । काठमडौँ महानगरपालिकाले सबै सामुदायिक विद्यालयका शिक्षकहरूको दरबन्दी मिलानको काम अघि बढाउने

पोखरा विश्वविद्यालय र एनआरइएनबीच सम्झौता

गण्डकी । पोखरा विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरइएन)बीच राष्ट्रिय र