महराविरुद्ध आज थुनछेक बहस हुँदै



काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महराको अदालतको थुनछेकको प्रक्रिया आजबाट सुरु हुँदैछ । बिहीबार मुद्दा दर्ता भए पनि समय अभावका कारण प्रक्रिया प्रारम्भ भएको थिएन ।

आज महराको अदालतमा बयान हुनेछ । महरासँगको बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । थुनछेक बहसको प्रक्रिया लम्बिएमा महरा शुक्रबार पनि न्यायिक हिरासतमा नै रहनेछन् ।

बहस सकिएर आदेश भएमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउन वा रिहा गर्न सक्नेछ । अदालतले धरौटी वा साधरण तारेखमा रिहा गर्न सक्नेछ ।

पुर्पक्षका लागि थुनामा गएमा महरा सांसद् पदबाट पनि स्वतः निलम्बनमा पर्नेछन् तर रिहा भएमा निलम्बन हुने छैनन् । सरकारी वकिल कार्यालयले बिहीबार महरामाथि जबर्जस्ती करणी उद्योगमा मुद्दा दायर गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली सेनाकाे अधिकृत क्याडेटमा छनाैट हुन सफल प्रशिक्षार्थीहरुलाई डिक्यानद्वारा बधाई तथा सम्मान

नेपाली सेनाको सिं.स.६३ अधिकृत क्याडेटमा नाम निकाल्न सफल उम्मेदवारहरूलाई डिक्यानले बधाई तथा सम्मान

बायोमेडिकल ईन्जिनियरिङ्ग के हाे ? नेपालमा यसकाे अवस्था र आवश्यकता ।

ईन्जिनियरिङ्गका विभिन्न प्रविधिहरु प्रयोग गरेर मेडिकल समस्याहरु पहिचान तथा समाधान गर्ने विषय नै

निर्वाचन सुरक्षाका लागि उच्च मनोबलका साथ काम गर्न नेपाल प्रहरीलाई प्रमुख आयुक्त थपलियाको निर्देशन

चितवन, निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर ४ गते हुने

बाजुराका कुशल कार्कीले टप गरे इन्जिनियरिङ्ग स्नातक प्रवेश परीक्षा

काठमाण्डाै, इन्जिनियरिङ्ग अध्ययन संस्थानले लिएकाे शैक्षिक सत्र २०७९।८० काे स्नातक प्रवेश परीक्षाकाे नतिजा