शिक्षामा जति लगानी गर्नुपर्ने हो त्यो अझै पुगेको छैनः प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विकास र समृद्धिको नयाँ युगतर्फ जाने प्रक्रियामा रहेको बताएका छन् । चन्द्रागिरि नगरपालिका वडा नं १५ तीनथानामा शनिबार आयोजित ‘वडाध्यक्ष शैक्षिक विकास कोषको दोस्रो वार्षिकोत्सव सम्मान तथा पुरस्कार वितरण’ कार्यक्रमलाई सम्बोधन गर्दैै प्रचण्डले प्राथमिकता निर्धारण गरेर मुलुकको समृद्धिको यात्रा तय गरिएको बताए । शिक्षा क्षेत्र विकसित मुलुकको प्राथमिकतामा रहेको उदाहरण पेश गर्दै उनले अबको लगानी शिक्षा क्षेत्रमा गरिनुपर्नेमा जोड दिए । “अबको लगानी शिक्षामा हुनपर्छ, शिक्षा नीति निर्माण गर्दा ध्यान दिनुपर्छ”, अध्यक्ष प्रचण्डले भने, “अहिले हाम्रो पार्टी र सरकारले शिक्षामा लगानी वृद्धिका साथै शिक्षा नीतिमा आमूल सुधार गर्ने तयारी गरेको छ ।”

निर्वाचनका क्रममा चुनावी घोषणापत्रमा भनिए जसरी नै शिक्षामा लगानी अभिवृद्धि गर्न नसकेको उनले बताए । “शिक्षामा जति लगानी गर्नुपर्ने हो त्यो अझै पुगेको छैन”, प्रचण्डले भने, “नीतिगत सुधार जति गर्नुपर्ने हो त्यति भएको छैन, अझै नीतिगत सुधारको आवश्यकता छ ।” शिक्षा क्षेत्रको सुधारबाट नै नयाँ युगको शुरुआत हुने बताउँदै उनले शिक्षामा जागरण नल्याई समृद्धि सम्भव नहुने प्रष्ट पारे ।

जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिलाई नियोजित ढङ्गबाट प्रहार गर्न नेतृत्वविरुद्ध षड्यन्त्र भइरहेको उल्लेख गर्दै उनले त्यस्ता षड्यन्त्रलाई जनताको शक्तिले पररास्त गर्ने बताए ।

कार्यक्रममा नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले दुई पार्टीबीचको एकता प्रक्रियाबाट संसारभरका कम्युनिष्ट पार्टीले पाठ सिक्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरपालिकामा ‘एक वडाः एक नमूना विद्यालय’ कार्यक्रम

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयलाई नमूना सिकाइ केन्द्र र तालिम हवका रूपमा

आजदेखि नयाँ शैक्षिक सत्र सुरु

काठमाडौं । विद्यालयहरुमा आजदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ । नयाँ शैक्षिक

विद्यार्थीको दिवा खाजा र स्यानिटरीको बजेट विद्युतीय उपकरण किन्न उपयोग गर्न सुझाव

काठमाडौं । विद्यार्थीको दिवा खाजा र स्यानिटरीका बिनियोजित बजेट विद्युतीय प्रविधिबाट कक्षामा जोडिन

बजेटमा शिक्षक र प्राध्यापकलाई बजेटमा विभेद गरिएको भन्दै कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभागले आगामी अर्थिक वर्षको बजेटमा निजामती, सार्वजनिक