महरालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



काठमाडौं । यौन दुव्र्यवहारको अरोपमा पक्राउ परेका निवर्तमान कृष्णबहादुर महरालाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि ५ दिनको म्याद थप गरिएको छ ।

काठमाडौं जिल्ला अदालतले महरामाथि थप अनुसन्धानका लागि प्रहरीलाई ५ दिनको अनुमति दिएको हो । म्याद २ गते शनिबारदेखि लागु हुने जनाइएको छ ।

संसद सचिवालयमा कार्यरत रोशनी शाहीले जबर्जस्ती करणी उद्योगमा उजुरी गरेपछि महरा पक्राउ परेका थिए । यसअघि काठमाडौं जिल्ला अदालतले असोज २८ मा महरामाथि अनुसन्धानका लागि १३ दिनको म्याद दिएको थियो । महरा असोज १९ गते सभामुखको सरकारी निवास बालुवाटारबाटै पक्राउ परेका थिए ।

आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा करिब ७ घण्टा लामो बयान भएको थियो । बयान सकिएलगत्तै महरालाई काठमाडौं जिल्ला अदालत लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल छिट्टै सनातन हिन्दु राष्ट्र घोषणा हुन्छ, अयोध्याबाट कांग्रेस प्रवक्ता डा. महतको उद्घोष

अयोध्या, भारत । श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष महन्त नृत्य गोपाल दासजीको

अयोध्यामा महायोगी सिद्धबाबाको आतिथ्यतामा भइरहेको सत्सङ्गमा योगी आदित्यनाथको उपस्थिति

अयोध्या, भारत । अयोध्याको पवित्र भूमिमा हाल जारी दीव्य सत्सङ्ग महोत्सवले नेपाल-भारतबीचको आध्यात्मिक

अयोध्यामा जारी सत्सङ्गमा सशस्त्रका पूर्व प्रमुखद्वारा भारतवासीलाई नेपाल दर्शनको निमन्त्रणा

अयोध्या, भारत – श्रीराम जन्मभूमि अयोध्यास्थित श्री मणिराम दास छावनीमा जारी श्रीराम कथा

अयोध्यामा हिमालयन सिद्ध महायोगको उद्घोष: नेपाल-भारत सम्बन्धको आध्यात्मिक सेतु

अयोध्या, उत्तर प्रदेश, भारत । जेष्ठ १८ गतेदेखि भारतको ऐतिहासिक तीर्थक्षेत्र श्रीराम जन्मभूमि