राष्ट्रपति भण्डारी नेपितमा



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मा भ्रमणका क्रममा बुधबार साँझ राजधानी नेपित पुगेकी छन् ।

उनलाई म्यान्मा सरकारका अन्तर्राष्ट्रिय सहयोगमन्त्री ऊ क्य तीन, धार्मिक मामिला तथा संस्कृतिमन्त्री थुरा ऊ आङ को र नेपित नगरका प्रमुख डा म्यो आङले स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीलाई नेपित शहरका बालबालिकाले पनि पुष्पहार चढाई स्वागत गरेका थिए । राष्ट्रपति भण्डारी र म्यान्माका राष्ट्रपति मिन्तबीच बिहीबार बिहान प्रेसिडेन्सियल हाउसमा भेटवार्ता हुनेछ ।

राष्ट्रपतिसँग म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीले पनि सोही हाउसमा भेट गर्नेछन् । सोही दिन म्यान्मा र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीसँग बिहीबार नै म्यान्माका डिफेन्स सर्भिसका कमान्डर इन चिफले भेट गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रिती आले र दुर्गा बिरहीको ‘सुन्तली रत्यौली'(भिडियोसहित)

लोक दोहोरी गायक तथा मोडल दुर्गा बिरहीको “सुन्तली रत्यौली” बोलको गीत सार्वजनिक भएको

वर्षाका कारण कैलालीका विभिन्न भाग डुवानमा(फोटो फिचर)

धनगढी । गएरातिदेखिको बर्षापछि कैलालीको धनगढी डुवानमा परेको छ । धनगढी उप–महानगरपालिकाको बजार

कमलादीमा बरामद गरिएको नक्कली सुन र पेस्तोल फोटोमा हेर्नुस्

काठमाडौं । प्रहरीले मंगलबार काठमाडौंमा आधा किलो सुन र साढे १४ किलो चादी

भौतिकवाद असम्भव

डा. गोविन्दशरण उपाध्याय । विश्वका सबै सिद्धान्तहरू आध्यात्मिक नै हुन् | बौद्धिक चेतना