अदालतद्वारा आलममाथि अनुसन्धानका लागि ७ दिनको म्याद थप



रौतहट । रौतहट जिल्ला अदालतले हत्या आरोपमा पक्राउ परेका सांसद मोहम्मद आफ्ताब आलमको सात दिन थप गरेको छ ।

न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले कात्तिक ३ गते सम्म अनुसन्धान गर्नका लागी प्रहरीलाई म्याद दिएको हो । १२ वर्षअघि २०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा आसोज २६ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

सांसद आलमले घटनाको १२ वर्ष पछि बिना प्रमाण आफुलाइ पक्राउ गरेको न्यायाधीश सामु बताएका थिए । उनलाई अदालत पेश गर्ने क्रममा प्रहरीले गौरको सुरक्षा व्यवस्था निकै कडा बनाएको थियो ।

उनी नेपाली कांग्रेसका नेता तथा रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका सांसद हुन् । उनले आफूले अदालतको सम्मान गर्ने र मुद्दाका विषयमा पछि थप कुरा गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
के हो सुन्दरता ?

भेषराज कार्की, काठमाडौँ । सुन्दरता के हो ? बाहिरी जरुरी छ कि भित्री

तपाईंले बौद्ध धर्म, दर्शन र साहित्य पढ्नुभएन भने लुम्बिनीमात्रै बुद्धभूमि हो जस्तो लाग्छ

नारायण गाउँले । गौतम बुद्धको भूगोल मूलतः नेपालको लुम्बिनी अञ्चलदेखि भारतको उत्तरप्रदेश र

हामी ज्ञानी छौं भन्ने अज्ञानता र भ्रम हाम्रो मुख्य सत्रु हो

डा. युवराज संग्रौला । अब यो लोकतन्त्रको प्राण छैन । हाम्रो जस्तो आर्थिक

दीक्षा, शिक्षा र विद्या

डा. गोविन्दशरण उपाध्याय । आफ्नो गोत्र, बंश, परम्परा तथा मूलसंग जोडिन सुयोग्य गुरू