३१६ पदका लागि प्रदेश १ को लोकसेवाले खुलायो जागिर



काठमाडौं । प्रदेश नम्बर १ को प्रदेश लोक सेवा आयोगले ३१६ पदका लागि दरखास्त माग गरेको छ । स्थानीय सरकारी सेवाका विभिन्न समूहका प्राविधिक तर्फका पदहरूको आन्तरिक प्रतिस्पर्धा, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आह्वान गरेको हो ।

आह्वान गरिएकामध्ये २१७ जना खुलातर्फका छन् । महिलाका लागि ४६ पदमा दरखास्त खुलाइएको छ भने १४ वटा कोटा मधेसीका लागि छुट्याइएको छ । दलितका लागि एउटा मात्रै कोटा दिइएकोमा बाँकी आदीवासी जनजाती कोटामा दरखास्त खुलाएको छ ।

१७ जना भने आन्तरिक प्रतिस्पर्धामार्फत भिड्ने छन् । चैत २५ बाट लिखित परीक्षा सुरु भई जेठ २०सम्म कायम रहने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गर्ने गुल्मीकी मनिषा जिसी

रेसुङ्गा (गुल्मी) । गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न

सशस्त्र प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी, माघ १० सम्म दरखास्त दिन सकिने

काठमाडौं । सशस्त्र प्रहरीमा विभिन्न पदमा जागिर खुलेको छ । सशस्त्र प्रहरीले शुक्रबार

राष्ट्र बैंकले माग्यो सहायक निर्देशकदेखि द्वितीय श्रेणीको सहायकसम्मका ६७ कर्मचारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ । शुक्रबार

नेपाली सेनाद्वारा विभिन्न विल्लादार पदमा दरखास्त आह्वान

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन माग गरेको छ । भर्ना