प्रदेश दुईको लोक सेवा आयोगद्वारा २ सय भन्दाबढी कर्मचारी भर्नाका लागि दरखास्त आह्वान



काठमाडौं । प्रदेश दुईको लोक सेवा आयोगले विभिन्न पदका दुई सयभन्दा धेरै सिटमा कर्मचारी भर्नाको विज्ञापन प्रकाशित गरेको छ ।

आयोगले बिहीबार नवौं र एघारौं तहको बढुवा तथा सातौं तहको खुला र बढुवाको विज्ञापन प्रकाशित गरेको हो ।

प्रदेश २ लोक सेवा आयोगले कर्मचारी भर्नाका लागि विज्ञापन खुलाएको यो तेस्रो पटक हो । यसअघि गत फागुनमा सातौं तहको इन्जिनियरिङ र जेठको अन्तिम साता नवौं तहको विज्ञापन खोलिएको थियो ।

यस पटक अधिकृत सातौं तहमा बढुवाका लागि ४२ जना तथा खुला, समावेशी र अन्तर सेवा प्रतियोगिताबाट पदपूर्ति गर्न ८१ जनाका लागि विज्ञापन खोलिएको छ ।

यसैगरी बढुवामार्फत् पदपूर्ति गर्न एघारौं तहमा ५ जना र नवौं तहमा ६६ जनाका लागि विज्ञापन प्रकाशित गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोकसेवा आयोगद्वारा शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित

काठमाडौं । लोकसेवा आयोगले २०७६ सालमा विज्ञापन गरेको व्यवस्थापिका संसद, परराष्ट्र, प्रशासन र

लोकसेवा आयोगलाई शाखा अधिृकतको पदपूर्ति प्रक्रिया अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदाललते लोक सेवा आयोगले सङ्घको शाखा अधिृकतमा पदका लागि गरेको

लोक सेवा आयोगले कोरोना महामारीका कारण रोकिएका परीक्षाहरु साउन १५ गतेदेखि सन्चालन गर्ने

काठमाडौं । लोक सेवा आयोगले कोरोना महामारीका कारण रोकिएका परीक्षाहरु साउन १५ गतेदेखि

प्रदेश लोक सेवाले खुलायाे अधिकृतसहित २८ पदमा विज्ञापन (सूचनासहित)

काठमाडौं । प्रदेश नम्बर २ मा लोक सेवा आयोगले विभिन्न तहमा २८ जना