लोकसेवामा महिला सहभागिता बढाउन कास्कीमा तयारी कक्षा सञ्चालन



पोखरा । कास्कीको माछापुच्छ्र्रे गाउँपालिकाले निजामती सेवामा महिला सहभागिता बढाउन लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । उपाध्यक्षसँग महिला तथा बालबालिका कार्यक्रमअन्तर्गत गाउँपालिकाको भवनमा उक्त तयारी कक्षा सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिइन् ।

“गाउँपालिकाका महिलालाई सवल र सक्षम बनाउन हामीले उपाध्यक्षसँग महिला तथा बालबालिका कार्यक्रम सञ्चालन गरेका छौँ, यसैअन्तर्गत अहिले निजामती क्षेत्रमा महिला सहभागिता बढाउन लोकसेवा तयारीका लागि निःशुल्क कक्षा सञ्चालन गरेका हौँ”, दवाडीले भनिन् । दवाडीका अनुसार लोकसेवा तयारीका लागि तीन लाख बजेट छुट्याइएको छ ।

यसको साथै गाउँपालिकाका नौ वटा वडामा कोभिड– १९ बाट प्रभावित महिला तथा बालबालिकालाई राहत कार्यक्रम र सीपमूलक तालीम पनि सञ्चालनको योजना रहेको उनले जानकारी दिइन् । महिला तथा बालबालिकाका लागि २४ लाख बजेटबाट कार्यक्रम गरिरहेको र प्रत्येक वडाका लागि एक÷एक लाख बजेट छुट्याइएको उनले बताइन् ।

गाउँपालिकाका महिला तथा बालबालिका समाजकल्याण शाखा प्रमुख रिता थापाले १८ वर्षमाथि ३६ वर्षसम्मका ३५ महिलाको सक्रिय सहभागिता रहेको जानकारी दिइन् । उनका अनुसार गत माघ २४ गतेदेखि निरन्तर बिहान ८ः०० देखि १०ः०० बजेसम्म र बिदाको दिन १०ः०० देखि ४ः०० बजेसम्म कक्षा सञ्चालन हुँदै आएको छ । नायब सुब्बा र खरिदार तहका लागि सञ्चालित तयारी कक्षामा प्रथमपत्र र द्वितीयपत्रकै कोर्षको पढाइ सञ्चालन गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारी पाँच सय बढी पदमा रोजगारीको अवसर, लोकसेवाले खुलायो आवेदन(विज्ञापनसहित)

काठमाडौं । लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका

नेपाली सेनाले माग्यो दुई सय अधिकृत क्याडेट (विज्ञापनसहित)

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ ।

महिलालाई लोकसेवा पढाउँदै कास्कीको माछापुच्छ्रे गाउँपालिका

कास्की । लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन कास्कीको एक गाउँपालिकाले निःशुल्क

वाग्मती प्रदेशका १३ जिल्लाका लागि १७४ जना अधिकृतस्तरका कर्मचारी माग

वाग्मती । वाग्मती प्रदेशअन्तर्गत १३ जिल्लामा रहेका पालिकालाई लक्षित गरी प्रदेश लोकसेवा आयोगले