प्रदेश लोकसेवा आयोगका पदाधिकारीद्वारा शपथ



सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम प्रदेशका नवनियुक्त अध्यक्ष यज्ञराज बोहरालाई शपथ गराएकी छन् । प्रदेश प्रमुखको कार्यालय धनगढीमा बुधबार आयोजित शपथ ग्रहण समारोहमा नवनियुक्त अध्यक्ष बोहराले आयोगका नवनियुक्त सदस्यद्वय लक्ष्मणबहादुर खड्का र भागरथी रानालाई शपथ गराए ।

समारोहमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानूनमन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, सभामुख, उपसभामुख, प्रदेशसभामा विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता, प्रदेशका मुख्य न्यायाधिवक्ता, कैलालीका प्रमुख जिल्ला अधिकारीलगायत उपस्थित थिए । प्रदेश सरकारको सिफारिसमा प्रदेश लोकसेवा आयोग ऐन २०७६ बमोजिम प्रदेशप्रमुख पन्तले प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम प्रदेशका पदाधिकारीलाई यही चैत ९ गते नियुक्त गरेकी थिइन् ।

डडेलधुरा जिल्लाको अजयमेरु–४ निवासी आयोगका नवनियुक्त अध्यक्ष बोहरा यसअघि कैलाली जिल्लाको प्रजिअ थिए । यस्तै, आयोगका नवनियुक्त सदस्य खड्का अछाम जिल्ला साँफेबगर–१० र अर्का सदस्य राना कञ्चनपुर लालझाडी–१० निवासी हुन् । नेपालको संविधानको धारा २४४ मा प्रदेश लोकसेवा आयोगसम्बन्धी व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रदेश लोक सेवाले खुलायाे अधिकृतसहित २८ पदमा विज्ञापन (सूचनासहित)

काठमाडौं । प्रदेश नम्बर २ मा लोक सेवा आयोगले विभिन्न तहमा २८ जना

प्रदेश १ लोक सेवा आयोगले माग्यो ८१ जना कर्मचारी

काठमाडौं । प्रदेश १ को लोक सेवा आयोगले ८१ जना प्राविधिक कर्मचारीका लागि

लोकसेवाले माग्यो ४ सय भन्दाबढी पदमा आवेदन

काठमाडौं । लोक सेवा आयोगले बुधबार राजपत्रअनंकित द्वितीय श्रेणीमा प्राविधिक तथा स्वास्थ्य सेवा

राष्ट्रिय अनुसन्धान विभागमा ८० जनाका लागि जागिर खुल्यो (सूचनासहित)

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदमा ८० जनाका लागि भर्ना आह्वान गरेको