के छ लोकसेवाले राष्ट्रपतिलाई बुझाएको प्रतिवेदनमा ?



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले ६० आँै वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीलाई अध्यक्ष मैनालीले आर्थिक वर्ष २०७५/०७६ को प्रतिवेदन पेश गरेका हुन् । संवैधानिक व्यवस्थाअनुसार आयोगले हरेक वर्ष आफूले सम्पादन गरेका कामको प्रगति विवरण राष्ट्रपतिसमक्ष पेश गर्ने गरेको छ ।
आयोगले २०१६ सालमा पहिलो पटक वार्षिक प्रतिवेदन प्रस्तुत गरेको थियो । सो अवसरमा आयोगका अध्यक्ष मैनालीले आयोगलाई अझ स्वच्छ र मर्यादित बनाउने बताए ।

प्रतिवेदनमा प्रशासनिक र वित्तीय स्थिति, परीक्षण प्रविधि, शैक्षिक योग्यता र पाठ्यक्रमसम्बन्धि भए–गरेका काम, विज्ञापन र दरखास्तसम्बन्धी विवरण, परीक्षासम्बन्धी विवरण, अन्तर्वार्ता र सिफारिससम्बन्धी विवरण, समावेशी पदपूर्तिसम्बन्धी विवरण रहेका छन् ।

यसैगरी प्रतिवेदनमा आयोगमा परेका उजुरीका सम्बन्धमा भएका निर्णय, स्थानीय तहको पदपूर्ति, सुरक्षा निकाय र सङ्गठित संस्थाको पदपूर्ति सम्बन्धमा आयोगबाट भएका काम, साङ्गठनिक सुधार र नवप्रवर्तनीय कामसमेत उल्लेख गरिएको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

उनका अनुसार गत आर्थिक वर्षमा आयोगले ८७ बैठक गरी २ सय ९७ वटा निर्णय गरेको छ । प्रतिवेदनमा आयोगले स्थानीय तहका विभिन्न तहका पदका लागि ३० वटा पाठ्यक्रम निर्माण गरेको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोकसेवाका रोकिएका सबै विज्ञापन खुला गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले लोकसेवा आयोगसहित विभिन्न निकायको सम्पूर्ण विज्ञापन तत्काल खोल्न आदेश

शाखा अधिकृत पदको परीक्षा स्थगित

काठमाडौं । यही माघ २८ गते सञ्चालन हुने गरी तोकिएको राजपत्राङ्कित तृतीय श्रेणी,

नेपाली सेनाकाे अधिकृत क्याडेटमा छनाैट हुन सफल प्रशिक्षार्थीहरुलाई डिक्यानद्वारा बधाई तथा सम्मान

नेपाली सेनाको सिं.स.६३ अधिकृत क्याडेटमा नाम निकाल्न सफल उम्मेदवारहरूलाई डिक्यानले बधाई तथा सम्मान

कर्णाली प्रदेश लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं । कर्णाली प्रदेश लोक सेवा आयोगले विभिन्न पद र समूहमा स्थायी पद